जापान। ओलम्पिक प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा जापानले आपतकालको घोषणा गरेको छ ।
प्रधानमन्त्री यासिहिदे सुगाले जुलाई १२ देखि २२ अगस्टसम्म आपतकाल रहने घोषणा गरेका हुन्। सो अवधिभर बार र रेष्टुरेन्टलाई मदिराको बिक्रीमा रोक लगाइएको छ भने बेलुका ८ बजे नै बन्द गर्नुपर्नेछ ।
त्यसैगरी घरेलु दर्शकलाई रंगशालामा उपस्थित भएर खेल हेर्न दिने वा नदिनेबारे निर्णय गर्न अधिकारीहरुले छलफल गर्दैछन् ।
ओलम्पिक प्रतियोगिता शुभारम्भ हुने दिन २३ जुलाई नजिकिँदै गर्दा जापानमा कोरोनाभाइरस संक्रमणमा व्यापक वृद्धि भएको छ। त्यस्तै अधिकारीहरुले सबै ओलम्पिक खेलमा दर्शकलाई रोक्न सक्ने अपेक्षा गरिएको छ । ओलम्पिकलाई स्थगित वा मिति सार्न भन्दै जापानमा व्यापक विरोध भैरहेको छ ।