अष्ट्रेलिया। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा १५ जना नेपालीलाई कोरोना भाइरस(कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
यहाँको स्वास्थ्य विभागकी अधिकारी मेरियम गेलले नेपालीज अस्ट्रेलियन एसोसिएसनले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै कोरोना भाइरस संक्रमित हुने १५ जना नेपाली युवाहरु रहेको जानकारी दिएकी हुन्।
उक्त कोरोना संक्रमित मध्ये अधिकांश वृद्ध स्याहार केन्द्रमा कार्यरत रहेको गेलले बताईन। नेपाली समुदाय र सदस्यहरुले महामारीको समयमा धैर्यतापूर्वक जनस्वास्थ्यका मापदण्डहरुलाई पालना गरेर यो कठिन परिस्थितिको सामना गर्दै संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको गेलले बैठकमा बोल्दै भनेकी थिइन्।