अष्ट्रेलियाको तास्मानियामा बसोवास गर्ने नेपाली समुदायमा खेलकुदको विकाससँगै खेल मार्फत मानिसमा शारीरिक, सामाजिक, मानसिक सुधार गर्ने अभिप्रायका साथ खोलीएको नेप्लिज तास्मानिया स्पोर्ट्स एसोसिएसनको आयोजनामा एनटिएसए ब्याटमिन्टन च्याम्पियनशिप सम्पन्न भएको छ। द एच थोम्सन ब्याटमिन्टन सेन्टर, साउथ होबार्टमा सम्पन्न प्रतियोगितालाई बिएमडव्लु एजुकेसनल कन्सल्टेन्सी तास्मानियाले मुख्य प्रायोजन गरेको थियो।
अत्यन्त रोमाण्चक प्रतिस्पर्धा बिच भएको प्रतियोगितामा बिगीनर्स डवल तर्फ दिल समाल र बुद्धी राज विजय भएका थिए भने वोपन डवल तर्फ हरि गौतम र मन्दिप पूनले बाजी मार्न सफल भए। त्यस्तै महिला एकल तर्फकी विजेता डोल्मा शेर्पा भइन् भने रनर अपको उपाधी यमुना राईले हात पारीन्।

पुरुष एकल तर्फका विजेता हरि गौतम भए भने रनर अप सन्दिप न्यौपानेको पोल्टामा पर्यो।

४२ जना खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा ३४ जना पुरुष र ८ महिलाले सहभागीता जनाएका थिए। जुरी हेडमा संजीव खड्का र पूर्व राष्ट्रिय खेलाडी रेवन्त बस्नेत सहित आयोजक समितिका अध्यक्ष प्रशेष पौडेल, उपाध्यक्ष रविन भट्टराई, सचिव सूरज श्रेष्ठ रहेका थिए।
एनटीएसएका अध्यक्ष प्रशेष पौडेलले होबार्टको खेल क्षेत्रमा करियरको उत्थानको लागि सबै प्रतिभाशाली खेलाडीहरुको सीप बृद्धि गर्नु र युवा शक्तिहरुलाई उर्जा प्रदान गर्ने मुख्य उदेश्यका साथ यस प्रतियोगिता आयोजना गरिएको बताउँदै प्रतियगितालाई सफल बनाउन सहयोग गर्नुहुने सबै सहयोगी हातहरुलाई धन्यबाद व्यक्त गर्नु भएको थियो।
मुख्य प्रायोजक बिएमडव्लु एजुकेसनल कन्सल्टेन्सी तास्मानियाका निर्देशक बिष्णु सापकोटाले समुदायलाई खेल मार्फत एकसाथ ल्याउने अभिप्राएका साथ आयोजना गरिएको प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएको र यो अवसरको लागि एनटिएसएलाई धन्यवाद व्यक्त गर्नुभयो।
पुरस्कारमा वोपन डबल तर्फ $३००, पुरुष एकल र महिला एकल तर्फ $१५० डलर र बिगीनर्स डबल तर्फ $१०० नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको थियो।