eNepal

यस कारण एनआरएनए अस्ट्रेलियाको सदस्यता प्रमाणितमा ढिला हुन सक्ने

एनआरएनए अस्ट्रेलियाको निर्वाचन आउँदो जुलाइ ३१ तारिखमा हुँदैछ भने हिजो मध्यरातबाट सदस्यता बन्ने समय पनि समाप्त भएको छ। हाल सम्म ३८१२ जना सदस्यको सदस्यता प्रमाणित भएको छ भने नयाँ आवेदकहरुको सङ्ख्या १२३६६ रहेको छ। त्यस्तै अप्रमाणित सदस्यको सङ्ख्या २१६ रहेको छ। पछिल्लो ४८ घण्टामा मात्रै पाँच हजार भन्दा बढीको आवेदन परेको छ। 

रातारात धान्नै नसकिने गरि सदस्यताको आवेदन आएपछि सँस्थाका प्रमाणित गर्ने व्यक्तिहररुलाई प्रमाणीकरण गर्न पनि धौधौनै परेको छ। प्रमाणीकरणको लागि अनबरत काम गर्दा पनि त्यति धेरै सङ्ख्यामा सदस्यताको आवेदन आएपछि प्रमाणीतका लागि समय लाग्ने निश्चित देखिन्छ।

यता एनआरएनए सदस्यता प्रमाणितमा धेरै समय किन लाग्यो भन्ने जनगुनासो पनि उत्तीकै मात्रामा आएपछि एनआरएनए अस्ट्रेलीयाले सदस्यता प्रमाणितमा ढिला हुनको कारण जानकारी गराएको छ।

सदस्यता प्रमाणीकरण तीन तहमा हुने छ। पहिलो चरणमा तपाईहरुले आबेदन बुझाए पछि एनसीसी कोषाध्यक्षबाट भुक्तानी प्रमाणीकरण हुन्छ।त्यस पछि राज्य संयोजकहरुले कागजात प्रमाणिकरण गर्नेछन्। अन्तिममा केन्द्रिय महासचिवले स्वीकृति दिनु पर्ने हुन्छ। सबै प्रक्रिया बिधान अनुसार गर्नु पर्ने भएकोले प्रक्रियामा सुस्ती आएको हो।बिगतमा राज्य सचिबलाई समेत  डकुमेन्ट प्रमाणीरण गर्ने अधिकार थियो भने अहिले ASIC मा दर्ता भए पछि (Board of Director) संचालक समितिका सदस्यहरुले हरेक सदस्यको कागजात हेर्नु पर्ने र प्राविधिक त्रुटीलाई पनि सुल्झाउनु पर्ने भएकोले अझ केही दिन लाग्ने जनाएको छ।

यसपाली बैंकको डेबिट वा क्रेडिट कार्डले आफु र आफ्नो परिवारको बढीमा चार जनाको मात्रै सदस्यता शुल्क तिर्न मिल्ने प्रावधान राखिएको थियो । अन्तिम समयमा पे पालबाट पनि शुल्क तिर्न मिल्ने व्यवस्था गरिए सँगै ब्यापक आलोचना भएको थियो। शुरुवातमा सदस्यता बन्ने क्रममा साह्रै सुस्तता आएको थियो तर अन्तिम समयमा सदस्यता सँख्यामा उल्लेखनीय बृद्धी हुनुलाई पेपालसंग जोडेर पनि हेरीएको छ।

एनआरएनए अष्ट्रेलियाले १६ हजार १७८ जना सदस्य बनाउँदै सदस्य संख्याको आधारमा अमेरिका पछिको दोस्रो ठूलो एनसिसी बन्न सफल भएको हो ।

एनआरएनए अष्ट्रेलियामा न्युसाउथवेल्सबाट ६१५०, भिक्टोरीयाबाट २१२९, साउथ अस्ट्रेलीयाबाट १८८९, क्विन्सल्याण्डबाट १३९४, तास्मानीयाबाट १३९१, क्याम्बेराबाट १३५७, नर्दन टेरीटोरीबाट ११०९, वेस्टर्न अस्ट्रेलीयाबाट ७५८ गरेर जम्मा १६,१७८ सदस्य संख्या रहेको छ।

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal