eNepal

“शुन्य शुन्य” लोकप्रीय बन्दै,लगभग ६० हजार भ्यु भईसक्यो युट्युबमा

मानिसको जन्म-मृत्यु, मिलन बिछोड र माया-प्रेम पनि दैवकै खेल रहेछ | माया र ममताले भरिएको यो संसार कहिले कहिँ कति भावपूर्ण र गम्भीर एबम सुन्य सुन्य परिबेशमा परिणत हुन्छ-तपाई कल्पना गर्नसम्म सक्नु हुन्न | तपाई नचाहनुस तर रुखका पातहरु झर्छन् भुइँ भरि एउटा सुन्दर रुखलाई कुरूप बनाएर, फूलका केस्राहरु एक पछी अर्को गर्दै झर्दा पुरै बन उजाड लाग्छ बैशाख महिनामा | त्यसै गरि एउटा सुन्दर हरियाली पाखा रुखो सारै रुखो पाखामा आफूलाई दस मुझा परेको जडौली झै पछार्छ | अह तपाइको केहि चल्दैन- अर्को याम पर्खनु बाहेक त्यो सुन्दर पाखाको पुनरागमनका लागि | किनकि सत्य सत्य नै हो, प्रकृति अमर र अटल हुन्छ, रुप फेर्नु उसको पनि जिम्मेवारी नै हो त्यो जिम्मेवारी उसले निभाउंछ त्यो उसको महानता हो | रत, माया साटी रहनुपर्छ, विश्वास बाँची रहनुपर्छ चाहे त्यो प्रकृतिसंग होस् या मानिससंग वा त्यो रोगि, कुरूप, गरिब वा बुढो वा तन्नेरी | चाहे फूल झरोस, वा फूलका ओठहरु लाली फिक्का हुदै जाउँन् अथवा हिमालको हिउ पग्लेर कालो पहरो मात्रै ट्वाल्ल उभी रहोस आफ्नो सुन्दर अनि मायालु बिगत सम्झेर | यथार्थ यथार्थ नै हो-माया मार्नु हुन्न कसै गरे पनि |

गीतकार रमेश दाहाल, संगीतकार टिका दाहाल र प्रतिभासाली गायीका अबुन पाण्डेले ‘सुन्य सुन्य’ बोलको गीत तयार परेका छन् जसमा अर्का प्रतिभासाली संगीत कर्मी आगा लामाको समेत उत्कृस्ट साथ रहेको छ | युट्युबमा राखेको छोटो समयमै बहु-चर्चित हुन पुगेको सुन्य सुन्य गीतमा विकास लामिछाने र रीमा बोश्वकर्माको जीवन्त अभिनय रहेको छ जसको कथा र बिषय बस्तुले ठ्याक्कै माथिको परिवेशलाई पर्दामा उतारेको छ | सुन्नुस्, अनि आफ्नो आफ्नो प्रतिक्रिया दिनुस् | बिदेशमा बसेर पनि नेपाली गीत-संगीतको प्रगति खातिर काम गर्ने सिर्जनसिल हातलाई धन्यवाद पनि भनि दिनुस् | जय गीत जय संगीत |

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal