बिगतका केही बर्ष देखि सुन्दै आएको बिषय हो नेपालीहरुको आफ्नो नेपाली भवनको कुरा।बिशेष गरेर भिक्टोरीयामा बस्ने हामी नेपालीले सुन्दै अनि बेला बेलामा पत्र पत्रीकाहरुमा पढ्दै आएको कुरो हो बहु साँस्कृतीक नेपाली घर बनाउने कुरो।सबै नेपालीको चासोको बिषय अनि एक अपरिहार्य जस्तै बनेको सबैको साझा सामुदायीक भवन। अझ भनौ हरेक स्टेटका एनआरएनए उमेदवारको भोट माग्ने एउटा प्रभावशाली अस्त्र अाजको आवश्यक्ता सामुदायीक भवन।
हो पक्कै पनि सामुदायीक भवन अस्ट्रेलीयाको हरेक राज्यमा बस्ने नेपालीहरुको लागि अति आबश्यक भएको छ। नेपाली समुदाय व्यापक रुपमा बृद्दी भएको परिपाटीमा आज बिशेष तह यहाँ जन्मिएर हुर्किएका साना भाईबहिनीहरुको निम्ती नेपालको परिचय दिनलाई आज सम्म न कुनै आफ्नो कला र सँस्कृतीले भरिपुर्ण कुनै घर छ या कुनै सङ्ग्राहलय।आज हेर्ने हो भने प्राय हप्ता जस्तो सामुदायीक गतिबीधिहरु हुने गर्छ, साँस्कृतीक कार्यक्रमहरु हुने गर्छ।आखिरी कति दिन सम्म अरुको भाडाका घरहरुमा कार्यक्रम चलाउने।कहिले सम्म लौ न हाम्रो यस्तो कार्यक्रम छ यति स्पोन्सर गर्दिनु पर्यो भनेर दसठाउँ भौतारीने।कहिले सम्म नेपालबाट बोलाएका कलाकारहरुलाई होटेल र रेस्टुरेन्टमा सम्मान गर्ने।
के हामीमा त्यो सामर्थ्य नहोला र।के हामी सबै जुट्यौ भने एउटा नेपाली घर जहाँ सिङ्गो नेपालको माटोको गन्ध आवस्,जहाँ चौबिसै घण्ट मादल र बाँसुरीका धुनले घनिभुत होवस्, जहाँ पशुपती अनि स्वयम्भुको दर्शन गर्न पाईयोस्। के हामी सबै जुट्यौ भने यो भवन चाँडो भन्दा चाँडो बनाउन नसकिएला र।पक्कै हैन। हामी मिल्यौ अनि जुट्यौ भने बर्ष दिनमा सकिने काम महिना दिनमा गर्न सक्छौ।
तिन बर्ष भित्र बनाउने योजना रहेको यो भवनको लागि नेपाली चलचीत्र बृतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भईसकेकी र हाल मेल्बोर्नमा बस्दै आएकी नायीका एवम् मोडेल प्रकृती श्रेष्ठ र मेल्बोर्नको नेपाली क्रीकेट टीममा राम्रो दख्खल भएका एवम् मोडेल सुदीप न्यौपानेलाई केही दिन अघि भएको वि सर्भ दि डिनर कार्यक्रमका बिच सद्भावना दुत बनाईएको छ।
पक्कै पनि आजको युग भनेको युवाहरुको युग हो।चाहेको भए समाजका लव्ध प्रतीक्षित व्यक्तिलाई बनाउन सकिन्थ्यो होला, व्यापारीहरुलाई बनाउन सकिन्थ्यो होला।तर युवालाई रोजियो किनकी अव पालोनै युवा पिढीको हो।यो पक्कै एउटा सामाजिक अभियान हो र यसको अभियन्ता हुनु चानचुने कुरा भने पक्कै छैन।तर दिईएको जिम्बेवारी निभाउन आफुहरुले सक्दो कोशीस गर्ने प्रण गरेका छन्।एनएमसीले जुन अबिभारा दिएको छ त्यो प्रति निकै आभारी हुँदै सम्पुर्ण भिक्टोरीया बासी मिलेर अब बन्ने नेपाली घरमा ईट्टा हाल्न सहयोगको लागि आवहान समेत गरेका छन्।जुन जोस र जाँगर युवामा हुन्छ त्यो अरुमा कदापी हुँदैन।युवाहरुको प्रतिनीधि गर्दै प्रकृती र सुदीपलाई एनएमसीको सद्भावना दुत भएर अवको केही बर्ष हामी माँझमा देख्न पाउने भएका छौं।
एनएमसीका अध्यक्ष रन्जन बैधले अब बनिने घरको ईट्टामा आफुले ईच्छाईएको व्यक्तिको नाम लेख्न पाईने जसको लागि प्रति ईट्टा दुई सय पचास डलर सहयोग बापत दिन पर्ने छ।
बिदेशी सँस्कृती र सभ्यतालाई आत्मसाथ गर्दै जाँदा भोली हाम्रा छोरा छोरीले कतै आफ्नो पहिचान त बिर्सने होइनन्, यो बिषयमा सोच्न एकदम जरूरी रहेको थियो। यसैलाई मध्यनजर गरेर एउटा नेपाली कम्युनीटी सेन्टर बनाउन अति आबश्यक थियो र यहि कार्यको सुरुवातको लागि बिभीन्न सँघ सँस्थाहरुबाट सहयोग आउने क्रम जारी रहेको छ।केहि महिना अगाडी मात्र भिक्टोरीयाका लागि अवैतानीक राजदुत चन्द्र योन्जनबाट पचास हजार दिने प्रतिबद्दता जनाईसक्नु भएको छ।