काठमाडौं, असार-६। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ।
आज सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९० हजार र तेजाबी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ तोकेको छ। त्यस्तै महासंघले जानकारी दिए अनुसार तोलामा १५ रुपैयााले घटेको चाँदीको प्रतितोला मूल्य एक हजार २९० रुपैयाँ कायम भएको छ।
यो पनि पढ्नुहोस:- नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर नेपाली ११७ रुपैयाँ ८८ र विक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ । यूरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र विक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको छ ।
त्यसैगरी यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र विक्रीदर १६४ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ४३ पैसा र विक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र विक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ ।