सिड्नी। कोरोना भाइरसका संक्रमित थपिएपछि न्यूसाउथवेल्स राज्य सरकारले सिड्नी महानगरको पूर्वी क्षेत्रमा मास्क अनिवार्य गरेको छ ।
आगामी पाँच दिनका लागि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको हो । कार्यालयमै भएका व्यक्तिहरुले पनि घर फर्किदा सार्वजनिक यातायातमा मास्क प्रयोग गर्न राज्यकी प्रिमियर ग्लेडिस बेरेजेक्लिनले आग्रह गरेकी छन। यस्तै ईन्डोर भेन्यूहरुमा पनि मास्क अनिवार्य गरिएको छ ।
त्यसैगरी एज्ड केयर र डिसएविलिटी सेन्टरहरुमा पनि सकेसम्म नजान र यदि जानै परेमा मास्क अनिवार्य लगाउन स्वास्थ्य अधिकारीहरुले भनेका छन। त्यहाँ प्रतिदिन दुईजनालाई मात्रै भ्रमण अनुमति दिइनेछ ।
यो पनि पढ्नुहोस:- पछिल्लो २४ घण्टामा भिक्टोरियामा गरिएका २५ हजार ६ सय ३५ परीक्षणमा एक जनालाई पनि कोरोना संक्रमित नभएको पाइएको छ ।
भिक्टोरियामा कोरोना संक्रमित नभेटिएपनि एक अन्तराष्ट्रिय यात्रीमा भने कोरोना भाइरस पोजेटिभ देखिएको छ । आज मध्यरातबाट कोरोना विरुद्ध लगाइएको प्रतिबन्धलाई थप खुकुलो बनाउने तयारी भइरहेका बेला यो सफलताले स्वास्थ्य अधिकारीहरुलाई राहत दिएको छ।