eNepal

न्यूसाउथवेल्स राज्यमा तीन नयाँ कोरोना संक्रमित फेला, जोखिमयुक्त क्षेत्रका रुपमा सिड्नीका पूर्वी सबअर्बहरुलाई सूचिकृत

सिड्नी। न्यूसाउथवेल्स राज्यमा तीन नयाँ कोरोना संक्रमित फेला परेपछि स्वास्थ्य अधिकारीहरुले जोखिमयुक्त क्षेत्रका रुपमा सिड्नीका पूर्वी सबअर्बहरुलाई सूचिकृत गरेका छन् ।

प्रिमियर ग्लेडिस बेरेजेक्लिनले पत्रकार सम्मेलनमा बोल्दै एक लिम्बोजिन ड्राईभर र निजकी श्रीमतीमा कोरोना संक्रमण देखिएको पुष्टि गर्दै निजहरुले कोरोना क्वारेन्टीनका नियमहरु पालना गरे नगरेको बारेमा अनुसन्धान हुने बताएकी छिन् । लिम्बोजिन ड्राईभरले विमानस्थलबाट यात्रीहरुलाई होटल क्वारेन्टीनसम्म लैजाने गर्दथे । न्यूसाउथवेल्सका प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले निज जुन ११ देखि नै संक्रमित भएको हुनसक्ने आशंका व्यक्त गर्दै निजको परीक्षण जुन १५ मा मात्र गरिएको जानकारी दिएकी छन ।

त्यस्तै ति दुईजनाले कोरोना संक्रमित हुँदाको अवस्थामा विभिन्न ठाउँहरुमा भ्रमण गरेका थिए ।६० वर्षीय जोडीले भ्रमण गरेको ठाउँमा पुगेकी अर्को एक ७० वर्षीय महिलामा समेत कोरोना देखिएको छ ।

त्यसैगरी सिड्नीको उत्तरीपश्चिमी क्षेत्रमा एक व्यक्तिलाई कोरोना पोजेटिभ देखिएपनि यो सही नहुने सम्भावना रहेको बताइएको छ । यसलाई फल्स पोजेटिभ वर्गमा राखिएको छ । प्रिमियर बेरेजेक्निले भनिन् प्रहरीले अनुसन्धान नसकाउँदासम्म निजहरुले क्वारेन्टीन नियमको पालना गरेका थिए वा थिएनन् भन्न सकिँदैन ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349