हामी अरुलाई गाली गर्न एकदम माहीर छौं।झन् सामाजीक सन्जालहरु आए पछि त कोहीसँग रिस उठ्यो, कसैलाई घोचपेच हान्न पर्यो नराम्रा गाली गर्नु पर्यो, नेता देखी अभिनेता, व्यपारी देखि भिखारी सवैलाई बाँकी राख्दैनौ।सामाजिक सन्जालनै यस्तो हतियार बन्यो कि कसलाई के भन्दा के असर पर्छ मत्लब नराखी गाली गर्छौ।
गाली गर्नु पनि स्वभाविकनै हो।आश धेरै भएकाहरुले निराशा बनाए।राजनीति र नेता प्रती बितृष्णा मात्रै जाग्यो।सबैलाई हेरीयो अब माहोबादीलाई हेरौं भनेर भोट हानीयो चाहे आफ्नै ईच्छाले होस् या जबर्जस्ती।तर अहँ कुनै परिबर्तनको आभाष जनतालाई भएन।जन नेपाल २०औं वर्ष पछी धकेलीयो।राजतन्त्र गयो र गणतन्त्र आयो।मात्र नाम र अनुहार परिबर्तन भयो।देश झन् गरिबीको चरमउत्कर्षमा पुग्यो।पढेकाको कुनै मुल्याङ्कन भएन।भोको पेट र नाङ्गो शरीर अनि छानो बीहिन छाप्रोले केही दिन त सहन सक्छ तर हदबाट माथी नाघे पछि न देश, न माटो न घर परिवार न गाउँ बस्ती केही नि भन्दो रहेन छ।
म जस्ता हँजारौ युवा आज राजनिती प्रति वाक्क दिक्क भयौ किन कि देशको स्थिती हामीले हरेक दिन हाम्रै नाङ्गा आखाले टुलुटुलु हेर्न सिबाय आखिरी के नै गर्न सक्यौ र।देशको राजनिती खिचातानी, अवसरवादीहरुको प्रभुत्व, दलालीहरुको हालीमुहाली केबल समाचारमा हेर्दै, पढ्दै आयौं। तर सच्चा देशलाई आफ्नो काँधमा बोकेर हिड्ने,सच्चा देश भक्ती कोही नि पाएनौ।जो पनि आए शरुमा आश देखाए जनताको नैसर्गीक अधिकारमा चिल्ला भाषणले मोहीत बनाए अनि एउटा स्वस्तिक चिन्नको लोभमा ठुला सपना बुनेर कहिल्यै फर्केर गएनन्।जनता केवल साडेको झर्ला र खाउँला भनेर कुरेर बसे। न साडेको नै झर्यो न जनताले खाननै पाए।बरु कुहीयो, सड्यो किरै किरा पर्यो।
हो अब हामी धेरै बिवेकशील भैसक्यौ।कसैले बनाएको दस्ताबेज पढेर यस् म्यान भन्ने पक्षमा कदापी छैनौ।सहि र गलत मज्जाले छुट्याउन सक्ने भयौ।बाबु किन एमालेमा लागे अनि हजुरबुबा किन काँग्रेसमा लागे ति उनिहरुले जानुन तर म यत्ति बुझ्छु की म किन फलानो पाटीलाई समाउ या किन त्यस व्यक्तिलाई भोट दियौं।म यो पनि बुझ्न सक्ने भए कि बिगतमा कसले के गर्यो र कसले के नाप्यो।कसले बकमफुसे गफ हाने र कसले केही भएपनि देश र जनताका लागि गरे।आझ किन कुलमान सिङ्लाई हाई हाई भन्छौ।यो हामीले प्रस्ट देखेका छौं कि १८ घण्टा लोडसेडीङ् हुने काठ्माण्डौमा आज बत्ती गयो भने अचम्म मान्छौ।
आझका युवा हौ हामी को व्यक्ति,सँघ वा सँस्थाले सहि या गलत गरेको छ औंल्याउन सजिलै सक्छौ। औल्याउदैनौ मात्र त्यसलाई समाजमा ल्याउने सामर्थ्य हामीमा छ।गलत गर्नेलाई खबरदारी गर्ने खुवी अव हामी माँझ छ अनि राम्रो गर्नेलाई मुक्त कण्ठले प्रशंसा गर्ने दम हामी माझ छ।कसैसँग डराएर दबिएर बस्न पर्ने स्थिती अव छैन।
यति भनि राख्दा आज अधिकांस युवा बिदेशमा छौ।एनआरएनएको चुनाब पनि अहिले बढो कस्साकस्सीका साथ बजारमा तातीएको छ।चुनाब भन्ने बित्तीकै परै नाक खुम्चाउन बाध्य छौं। दुखको पैसा खर्चेर सदस्यता लिन सम्म पनि अघि बड्दैनौ।तर के सदस्यता नबनेर बाहिरबाट गालीगलौच गरेर मात्र हाम्रो अधिकार सुनिश्चित होला र।के अझै पनि हामी को मान्छे ठिक वा बेठीक छुट्टाउन असमर्थ छौं।के अझै पनि हामी प्यानल र गुठबन्दीमा लागेर कसैलाई हराउने अनि जिताउने उहि पुरानो नाताबाद र क्रिपाबादमा बिश्वास गर्छौ।अव चुनिने मान्छे योग्य छ छैन त्यो उसले गरेका काम,कर्तव्य अनि क्रियाकलापहरुबाट प्रस्ट छँदैछ।यदि कोही योग्य छ भने भोलीका दिनमा खबरदारी गर्न हामी के असक्षम छौ र?
आखिरी सदस्यता बन्यौ भने भोट हाल्न पाउँछौ अनि भोट हालेमा आफुले रोजेको मान्छेलाई जिताउन पाउँछौ।सदस्यनै नबने पछि फेशबुकमा महाभारत लेखेर के औचित्य?आफ्नो अधिकारको प्रयोग भएपछि आफुले खबरदारी गर्नुको मज्जानै बेग्लै आउँछ।
एउटा ब्यक्तिले नेपालको प्रतीनिधी सभामा गएर बोलेको कसैले सुन्दैन तर एउटा प्रतिनिधी सँस्थाले बोलेको सुन्छ।दोहोरो नागरिकता प्रणाली देखी हाम्रो आफ्नो कल्याणकारी कोष।भैपरि आउने घटना जस्तै कसैको मृत्यु देखी आकस्मिक सेवा।सदस्यता बन्न हिच्किचाउने अनि सहयोग र समर्थन भएन भनेर उसैलाई गाली गर्ने प्रवृती हामीमा हाबी छ।सदस्यता लिए पछि राम्रोलाई मत दिने अनि उसलाई एउटा प्रतीनिधी व्यक्ति बनाएर पठायौ भने उसका हरेक क्रियापालकमा नजर लगाउन सक्छौ अनि बेलाबेलामा खबरदारी पनि।
त्यसकारण एनआरएनएको आसन्न निर्बाचनमा सहि र योग्य उमेदवार छान्न जसले सिङ्गो अस्ट्रेलीयामा रहेका नेपालीहरुको आवाजलाई नेपालको सिङ्हदरबार र सँसद भवनमा लैजान सक्छ अनि अस्ट्रेलीयाको सँसदमा पुर्याउन सक्छ।जसले गाला डिनर र च्यारिटी डिनरमा भन्दा नेपालीको भलो हुने काम गर्छ।जो सेमीनार र बैठकमा गएर केही निस्कर्ष निकाल्छ।सोही ब्यक्तिलाई अघि लैजान अनि हरेक पलमा उसका काम क्रियाकलाप माथि खबरदारी गर्न गराउन म एनआरएनएको सदस्यता लिदै छु।के तपाईहरु लिनु हुन्न?
नोटः यो मेरो ब्यक्तिगत बिचार हो कसैलाई सदस्यता लिनै पर्छ भनेर करकाप लाउन मिल्दैन तर आफुले पाउने अधिकारको प्रयोग गर्न भने कदापी पनि पछि सर्न हुन्न।