eNepal

बेलायत र अष्ट्रेलिया बीच व्यापार सम्झौता: अब यी सामानहरु सस्तोमा अस्ट्रेलिया पुग्ने

एजेन्सी। बेलायत र अष्ट्रेलिया बीच पहिलो व्यापार सम्झौता भएको छ। बेलायतले यूरोपेली संघ (ईयू) छाडेपछिको दुई पक्ष बीचको यो पहिलो सम्झौता हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनका अष्ट्रेलियाली समकक्षी स्कट मरिसनले सम्झौतामा सहमति गरेका हुन्। एशिया प्रशान्त स्वतन्त्र व्यापार सम्झौतामा बेलायतको सहभागितातर्फ यसलाई महत्वपूर्ण कदमका रुपमा हेरिएको छ ।

उक्त नयाँ सम्झौतापछि अबकार, स्कच ह्विस्की, बिस्कुट र सेरामिक जस्ता बेलायती सामानहरु विक्रीका लागि सस्तोमा अष्ट्रेलिया पुग्नेछ । तथापी मूल्य र स्तरमा कमी आउने हो कि भन्ने बेलायती किसानहरुको चिन्ताको विषय रहेको छ।

यो पनि पढ्नुहोस:- फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाले जोर्डनमाथि १-० को जित हात परेको छ।

अष्ट्रेलियाको जितमा डिफेन्डर ह्यारी सुटरले हेडरमार्फत खेलको ७७ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको हो। मिलोस डेगेनेकको कर्नरमा उनले हेडरमार्फत गोल गर्दै अष्ट्रेलियालाई हित हासिल गराएका थिए।

त्यस्तै सुटरको यो अन्तर्राष्ट्रिय करिअरको छैटौं गोल हो । उनले हालसम्म ५ खेल मात्र खेलेका छन् ।

यस जितसँगै अष्ट्रेलियाले समूहमा शत प्रतिशत जितको नतिजासहित एसियन कपमा छनोट भएको छ । अष्ट्रेलियाको ८ खेलमा २४ अंक छ । अष्ट्रेलियाको यस जितले जोर्डन र कुवेतबीच दोस्रो स्थानको लागि पनि प्रतिस्पर्धा थप चुलिएको छ । जोर्डन १४ अंकसहित दोस्रो स्थान तथा कुवेत ११ अंकसहित तेस्रो स्थानमा छ । एजेन्सी

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349