eNepal

आज असार २ गते बुधबारको राशिफल

मेष:- आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । वौधिक क्षेत्रका व्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा वृद्यि हुनेछ । शारिरीक आलस्यताको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भावना रहेकोछ ।

वृष:- मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय व्यतित रहनेछ । आय मुलक कार्यको थालनि हुनेछ ।

मिथुन:- नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । मान्यजनको मार्गदर्शन अवलम्वन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । भौतिक साधनको प्रयोगमा समय व्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनावको सामना गर्नु पर्नेछ ।

कर्कट:- तपाइको कार्यसम्पादनको श्रेय गैर व्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

सिंह:- खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै वेश रहनछ । व्यापार व्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

कन्या:- जिवन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भावना रहेकोछ । गैर ब्यत्तिहरुको विश्वासमा नपर्नुनै उत्तम रहनेछ । कान्त वातावरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै वेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला ।

तुला:- अध्यन अध्यापनका क्षेत्रमा समय व्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा विषेश सफलता प्राप्त हुने योग रहेको छ ।

वृश्चिक:- नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि व्यापार व्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खबरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

धनु:- अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भावना रहेकोछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट व्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा वृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा विशेष सावधानि अपनाउनु होला ।

मकर:- मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । ईष्ट मित्र बिच सामान्य वादविवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ:- परोपकार तथा ब्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय व्यतित हुन सक्छ ।

मीन:- तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभावको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ ।

Related posts

आज साउन २३ गते शनिबारको राशिफल

Dev Chapagain

आज साउन २१ गते बिहीबारको राशिफल

Dev Chapagain

आज साउन २० गते बुधबारको राशिफल

Dev Chapagain

आज साउन १० गते आइतबारको राशिफल

Dev Chapagain

आज असार २५ गते शुक्रबारको राशिफल

enepal

आज असार ७ गते सोमबारको राशिफल

enepal