मेष:- मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा विशेष फाइदा प्राप्त हुनेछ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा विशेष ध्यान दिनु होला । मध्यान पश्चात दाजुभाई तथा ईष्ट मित्र बिचको सम्बन्धमा सामान्य खराबी देखा पर्नेछ ।
वृष:- मध्यान पश्चात व्यक्तिव विकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित हुने योग रहेको छ ।
मीथुन:- मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ। मान्यजन को साथ प्राप्त हुनेछ । अनावश्क यात्रा हुन सक्छ । विश्वासिलो व्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनु पर्ला ।
कर्कट:- मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को विषय भईन सकिनेछ ।
सिंह:- विद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मान्यजनको साथ सहयोगमा गरीएका कार्यहरु प्रभावकारी रहन सक्नेछ । सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ ।
कन्या:- पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भावना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । मनको चन्चलताले कार्य सम्पादनमा झन्झट निम्त्याउनेछ । गैर व्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ ।
तुला:- वाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ ।
वृश्चिक:- भोग विलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ ।
धनु:- तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नजिकका व्यक्ति बाट धोका मिल्न सक्छ सजग रहनु होला । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ ।
मकर :- सामान्य अप्रिय खबरले मानसिक चिन्ता व्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ ।
कुम्भ:- समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात वौधिक व्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । पारीवारीक झोरझमेला ले सताउनेछ । सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ ।
मिन:- साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सवल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन। यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।