eNepal

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले पाइलट योजना अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ल्याउने तयारी

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले पाइलट योजना अनुसार आगामी ६ देखि ८ हप्ताभित्रमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ल्याउने तयारी गरेको छ ।

यो योजना अन्तर्गत दुई हप्ताको अवधिमा करिब २५० जना विद्यार्थीहरु अष्ट्रेलिया आउन पाउने छन् ।

न्यू साउथ वेल्स राज्यका अर्थमन्त्री डोमिनिक पेरोटेटले न्यू साउथ वेल्स राज्यका सुरक्षा निकाय र स्वास्थ्य विभागबीच अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने प्रारम्भिक योजना सुरु गरिएको बताए । यद्यपि, यो योजना संघीय सरकारबाट पारित हुन बाँकी छ।

पेरोटेटले यो संख्या वर्षको अन्त्यसम्म हरेक दुई हप्तामा ५०० विद्यार्थीले बढाउने लक्ष्य राखेको जानकारी गराएका छन्।अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलियन अर्थतन्त्रको मुख्य श्रोत रहेको भन्दै महामारीको अघि करिब २५०,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरू एनएसडब्ल्यूमा अध्ययन गरिरहेका थिए जुन यो राज्यको दोस्रो ठूलो निर्यात हो।

पेरोटेटले भने एनएसडब्ल्यूमा मात्रै लगभग ५०,००० विदेशी विद्यार्थीहरू आउने प्रतीक्षा गरिरहेका छन्।उनले भने पायलट कार्यक्रमलाई एनएसडब्ल्यू स्वास्थ्य र एनएसडब्ल्यू पुलिसले अनुमोदन गरिसकेका छन् भने संघीय सरकारको सो प्रस्तावलाई “कडा समर्थन” प्राप्त भएको छ र आगामी दिनमा हस्ताक्षर हुनेछ।

यदि यो योजना संघीय सरकारबाट पारित भएमा कोरोना महामारीका कारण आउन नपाएका लाखौं विद्यार्थीहरु अस्ट्रेलीया आउने बाटो खुल्नेछ ।

Related posts

इनास ग्लोबल अनलाइन गायन तथा नृत्य प्रतियोगिता हुँदै, १४ जुलाई सम्म भिडियो पठाई सक्नुपर्ने

Manoj Poudyal

रास्ट्रिय आविस्कार केन्द्र सहयोगार्थ एडिलेडमा फुटबल प्रतियोगिता सम्पन्न, $६५९८ सङ्कलन

Manoj Poudyal

लक्ष्यमा अडिग रहुनहोस्, बरालिनु भएन भने सफलता अवस्य मिल्नेछ – वकील अजय शर्मा (मेल्बर्न)

Manoj Poudyal

सोचे झै अस्ट्रेलीया रैनछ

Manoj Poudyal

विश्वकै बस्नलायक शहरको नवौं स्थानमा मेल्बर्न

Manoj Poudyal

अजी एक्सन अब्रोर्डले नेपालका कोरोना पिडीतलाई बिभीन्न सँस्थासँगको सहकार्यमा सहयोग गर्दै

Manoj Poudyal