eNepal

सोचे झै अस्ट्रेलीया रैनछ

उमेरले चिलिस नाघी सकेका हरी दाई साँझ परे पछि छोरो बोकेर पार्क आउँछन्।एकहातले प्राम घिच्चाउँछन् अनि अर्को हातमा पानीको बोतल हुन्छ।पार्कमा छोरोसँग हिड्छन् घरी घरी छोरोसँगै खेल्छन्। आफु छोरोको पछि पछि दौडिन्छन्। एकछिन छेउको बेन्चीमा थचक्क बस्छन्।फोन चलाउँछन्। हेर्दा लाग्छ मन अत्तालिएको छ।छटपट भएको छ। बढो हतोत्साहीमा देखीन्छन्।

केही दिनदेखी हरी दाईको दैनिकी भएको छ। साँझ परेपछी छोरोलाई प्राममा घिच्चाउँदै पार्कमा आउने अनि केहीबेर सुस्ताउने।दैनिक जसो भेटहुन थाले पछि हामीबिचको चिनजान पनि बढ्दै जान थाल्यो। शुरुवाती केही दिन केबल सामान्य परिचयमै सिमीत रह्यो।बिस्तारै हामी केही नजिक हुन थाल्यौ। मनका कुरा साटासाट हुन थाल्यो।

हरी दाईसँग बिस्तारै आत्मियता बढ्दै जान थाल्यो।यतिकैमा एकदिन दाइले कुरो निकाल्नु भयो – बुढेसकालमा रहर गरेर अस्ट्रेलीया आउन त आइयो तर…।मलाई जान्न मन लाग्यो के तर दाई। के भयो र? 

खै भाई यताको बसाई सारै महङ्गो होला जस्तै छ।मैले सोधे किन र। कति भयो र अस्ट्रेलीया आउनु भएको। हरीदाईले भन्नु भयो तिन बर्ष पुग्न लाग्यो। शुरुमा बुढा बुढी मात्रा आयौ। छोरो भर्खर जन्मेको थियो।काखे छोरोलाई छोडेर आइयो।साथीभाई सबैले राम्रो छ, नेपाल बसेर के गर्छस्। चुपचाप भाउजुलाई बिधार्थी भिषा लगाएर आइज भने। छोरोलाई यता व्यबस्था भए पछि ल्याउनु भनेर लगाए। होला त नी सबैले रोजेको खोजेको अनि सपनाको देश भनेर आइ हालीयो।

अनि भाउजु खोई नी। मैले प्वाक्क प्रश्न तेर्साएँ। भाउजु काममा गएकी छिन्। पालै पालो छोरो हेर्ने रुटीन बनाएका छौ। नर्सीङ् पड्छिन्। अहिले कोरोनाले गर्दा अनलाइन क्लास भएको छ। दिनभरी क्लासमा बसेर साँझको काम गर्न गएकी छिन्। राती आउँदा एघारनै बज्छ। कलेजको फी तिर्नै गार्हो।सेमेस्टरको अठार हजार डलर छ। काम भनेको जस्तो पाइदैन। फेरी कोरोना माहामारी र लकडाउनले नमज्जाले थुचुक्कै पार्यो। यसो काम होला जस्तो भएको थियो।मेलो लागेको जस्तो भएको थियो। फेरी आएको लकडाउनले ढाडमै हान्यो। उनीको पनि त्यस्तै छ क्याजुअलमा हो।अनकलमा बस्ने हो। कतिखेर आइज भन्छ अनि तयार भएर जान्छिन् । 

पैसो कमाउन त दुरको बात, यहाँ कलेजको फी तिरेर खान र बस्न पनि बढो मुस्किल पर्ने रहेछ। छोरो ठुलो भयो। सबैका बच्चा चाइल्ड केयरमा राखेको देख्दा छोरोलाई पनि राखौ न त बिस्तारै बानी पर्छ, बोल्न सिक्छ भनेर बुझेको पीआर नहुनेलाई दिनको लगभग डेढसय डलर जस्तो लाग्ने रहेछ। त्यति त मेरो दिन भरिको कमाइ पनि हुँदैन। अव काम गर्न जाउँ छोरोलाई चाइल्ड क्येर राखेको पैसा तिर्न ठिक्क हुने रहेछ। घरमै बसेर छोरो हेरौ केही नजान्ने, यहाँको रहनसहन, भाषा नबुज्देला की भन्ने पिर।

नेपालबाट केही समयको लागि आमा हुबा बोलाउँ न त भने यो लकडाउनले न त यताबाट नेपाल लैजान मिल्छ। न त नेपालबाट बोलाउननै। यस्तै गार्हो पर्छ र त रेखदेख गर्न अभिवावक बोलाउने हो तर यो माहामारीले त्यो पनि पुरा गराएन।

हरि दाइ गुनासो गर्दै भन्न थाले मैले त अहिले नेपालबाट नल्याउँ पछि कागज बनेपछि बोलाउँला भनेको नी। आमाको मन के मान्थ्यो र। काखको बालकलाई छोडेर आएकी आमाले बोरु सुख दुख जे जस्तो भए पनि सँगै राखौ भनेर आग्रह गरे पछि म आफै गएर लिएर आए। 

हुन त नेपालमा भएको भए हजुरबा हजुरआमाको मायाँ पाएर नेपाली पटटट बोल्ने हुन्थ्यो होला। यता त झन् दुई भाषा बोल्ने भएर अलमल्लमा परेको छ। तर पनि एकदिन भए पनि बानी पार्नलाई चाइल्डकेयरमा राखेका छौ। बस्नै मान्दैन। रोयर हैरान पार्छ। सायद भाषामा सकस भएर होला।

हरीदाइका कुरा, हामी धेरै नेपालीका बास्तवीकता जस्तै लाग्छ। सबैले त्यो क्षण पार गरेर आएका हुन् जस्तो लाग्छ। नदेखी नभोगी स्वर्ग देखिदैन भन्छन्। नेपालबाट हेर्दा र सुन्दा के के नै होला बिदेश जस्तो लाग्छ।विदेश भन्ने बित्तिकै पैसाका बोरा फल्छन, सुनै सुनको थालमा खाने होला, चौरासी व्यञ्जन सर्काउने होला जस्तो लाग्छ।तर पर्दा पछाडिका दुखहरु,पिडाहरु बयान गरेर कहिलै सकिदैन।आम प्रवासिको कथा यस्तै छ हरी दाइको जस्तै।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349