eNepal

विश्वकै बस्नलायक शहरको नवौं स्थानमा मेल्बर्न

इकोनोमिस्ट इंटेलिजेंस युनिटको सर्वेक्षणले  न्युजील्याण्डको अकल्याण्डलाई विश्वको सबैभन्दा बस्न लाएकको सुचीमा सुचिकृत गरेको छ। ग्लोबल लाइभिएबिलिटी इंडेक्स २०२१ रिपोर्ट अनुसार विश्वको बस्न लाएक शहरहरुको सुचीमा जापानको ओसाका शहर दोश्रो स्थानमा रहेको छ भने अस्ट्रेलीयाको एडीलेड शहर तेश्रो स्थानमा परेको छ। पाचौं स्थानमा जापानको टोक्यो रहेको छ भने छैठौ स्थानमा अस्ट्रेलीयाको पर्थ रहेको छ।त्यस्तै सातौं स्थानमा स्वीटजरल्याण्डको जुरिच रहेको छ भने आठौ स्थानमा स्वीटजरल्याण्डकै जेनेभा परेको छ। 

गत साल दोश्रो स्थानमा रहन सफल मेल्बर्न यो पटक नवौं स्थानमा झरेको छ भने दशौं स्थानमा ब्रिसबेन रहेको छ।

इकोनोमिस्ट इंटेलिजेंस युनिटले विश्वव्यापी १४० शहरहरूमा एक व्यक्तिको जीवनशैलीमा हुन सक्ने चुनौतिहरूको आधारमा यो सुचीको निर्धारण गर्ने गर्दछ।प्रत्येक शहरको स्थिरता, स्वास्थ्य सेवा, संस्कृति र वातावरण, शिक्षा र पूर्वाधारका गुणात्मक र मात्रात्मक कारकहरूको आधारमा अङ्क तोकीएको हुन्छ।

संसारका सबै भन्दा कम बस्न लाएक शहरहरूमा भेनेजुयलाको काराकास, क्यामरुनको डौवला, जिम्बाबेको हरारे, पाकिस्तानको कराँची, लिबियाको ट्रिपोली, अल्जेरियाको अल्जर्स, बंगलादेशको ढाका, पपुवान्यूगिनीको पोर्ट मोर्सवे, नाईजेरियाको जागोस र सिरियाको दमास्कस परेका छन्।  

Related posts

इनास ग्लोबल अनलाइन गायन तथा नृत्य प्रतियोगिता हुँदै, १४ जुलाई सम्म भिडियो पठाई सक्नुपर्ने

Manoj Poudyal

रास्ट्रिय आविस्कार केन्द्र सहयोगार्थ एडिलेडमा फुटबल प्रतियोगिता सम्पन्न, $६५९८ सङ्कलन

Manoj Poudyal

लक्ष्यमा अडिग रहुनहोस्, बरालिनु भएन भने सफलता अवस्य मिल्नेछ – वकील अजय शर्मा (मेल्बर्न)

Manoj Poudyal

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले पाइलट योजना अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ल्याउने तयारी

Manoj Poudyal

सोचे झै अस्ट्रेलीया रैनछ

Manoj Poudyal

अजी एक्सन अब्रोर्डले नेपालका कोरोना पिडीतलाई बिभीन्न सँस्थासँगको सहकार्यमा सहयोग गर्दै

Manoj Poudyal