शुभकामना के दिउँ तिमीलाई
पहिला भन्दा मोटाएकी छौ
थाहा छैन
सौखीन भएर हो की
रोगले च्यापेर हो
बोल्दा पनि मरक्क बटारिन्छौ
हाँस्दा नि बार्ह सत्ताईसका मुजा पार्छौ
जराले आड नपाएर होकी
टुप्पोबाट ह्वात्तै पलाएर हो
छोरोको आँशु पुछ्दै बाबुले
निधारमा हात राखेर आशीर्वाद दिन्छन्
छिट्टै गएस है छोरा बिदेश
सके अस्ट्रेलीया अनि अमेरीका
नत्र अरब कतार खाडी देश
भोको पेटले न भन्छ देश न भन्छ परिवेश
युवाहरुमा आएको पलायनबादीको खरो आवेग
बस् भनेर कसैले भन्दैन
जाने कहिले हो सोध्छन् आजकाल
साँचो कुरा कसैले बोल्दैन
फसाउने र भसाउने खन्छन् भड्खाल
देशको पिर गर्नेहरु गरि मात्र रहे
देशलाई बन्दकी राख्नेहरु स्विस बैंक धाए
लुट माथि लुट ब्रम्ह लुट छ यहाँ
लुट्नेकै दिन फिर्छ
सोझाको दिन कहिले आउँछ र त्यहाँ
भित्ताका क्यालेन्डरका पाना पल्टिए
चिमालीले डाँडा र काँडा ढकमक्क ढाकिए
ठुला खेतको गहुँ लटरम्मै झुले
खेताला खोज्न भनेर गाको
कोही नभेटेर रनभुल्लमा आफै परे
कथा हो मेरो तपाईको अनि सुन्दर गाउँको
यो कस्तो बिडम्बना
आफ्नै खेती बन्यो आजकाल आफैलाई घाँडो
मनोज पौड्याल