eNepal

भिक्टोरियामा अन्तरराष्ट्रिय विद्यार्थीहरूको लागि निशुल्क खाना र खाध्य सामान बाड्दै फुडबैंक

मेल्बर्न अहिले लकडाउनको अवस्थामा छ। धेरै अन्तरराष्ट्रिय बिधार्थीहरु काम गर्ने हस्पिटालीटी क्षेत्र लगभग ठप्प छ भने कैयौले काम गुमाउन परेको छ। यो कठिन समयमा अन्तररास्ट्रिय बिधार्थीहरु बढि मारमा परेका छन्।

हप्ता दिन काम गरेर आएको पैसाले अर्को हप्ताको लागि जोहो गर्ने धेरै बिधार्थीहरुलाई लकडाउनले केही असहज पक्कै भएको छ। यहि असहज परिस्थितीलाई मध्यनजर लगाउँदै भिक्टोरीयाको फूड बैंकले नि: शुल्क खाना र किराना सामानहरू प्रदान गर्न अन्तरराष्ट्रिय विद्यार्थी पप-अप स्टोरको व्यबस्था गरेको छ। भिक्टोरिया सरकारले सेकेण्डबाइट, फूडबैक भिक्टोरिया र ओजेट हार्भेस्ट मार्फत अन्तरराष्ट्रिय विद्यार्थीहरूलाई निःशुल्क खाना र खाध्यन्न उपलब्ध गराउन  १ मिलीयन डलर कोष प्रदान गरेको छ।

स्टडी मेल्बोर्नले ओजेट हार्भेस्टसँग मिलेर मेलबोर्न र भिक्टोरियाका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई नि: शुल्क आवश्यकीय खाध्यन्न वस्तुहरू वितरण गर्ने काम गरिरहेको छ। 

तपाईको नजिकको स्थान फेला पार्न यहाँ क्लिक गर्नुहोस्

https://www.studymelbourne.vic.gov.au/help-and-support/coronavirus-support-for-students/support-and-food-relief-organisations?fbclid=IwAR2v9vIdd_jAvyZrXN4sn3kA7h9xNe-jQfJb9YRm03Ui56OM2ed15qND9VE

Related posts

इनास ग्लोबल अनलाइन गायन तथा नृत्य प्रतियोगिता हुँदै, १४ जुलाई सम्म भिडियो पठाई सक्नुपर्ने

Manoj Poudyal

रास्ट्रिय आविस्कार केन्द्र सहयोगार्थ एडिलेडमा फुटबल प्रतियोगिता सम्पन्न, $६५९८ सङ्कलन

Manoj Poudyal

लक्ष्यमा अडिग रहुनहोस्, बरालिनु भएन भने सफलता अवस्य मिल्नेछ – वकील अजय शर्मा (मेल्बर्न)

Manoj Poudyal

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले पाइलट योजना अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ल्याउने तयारी

Manoj Poudyal

सोचे झै अस्ट्रेलीया रैनछ

Manoj Poudyal

विश्वकै बस्नलायक शहरको नवौं स्थानमा मेल्बर्न

Manoj Poudyal