नेपाली साङ्गितीक आकाशका दुई नक्ष्यत्र, नेपाली पप सङ्गीतका सम्राट सन्जय श्रेस्ठ अनि नेपाली बहुचर्चीत ब्यान्ड कर्मा अहिले अस्ट्रेलीया टुरमा रहेका छन्।अस्ट्रेलीयाका ७ वटै स्टेटहरुमा हुने कार्यक्रमका लागि यो टोली अहिले सिड्नीमा रहेको छ।एडिलेड र ब्रिस्बेनको सफल कार्यक्रम पछि १३ अप्रिलमा सिड्नी, १४ अप्रीलमा क्यानबेरा, १६ अप्रीलमा टास्मानीयाँ हुँदै १७ अप्रीलमा मेल्बोर्नमा आफ्नो कार्यक्रम तय भएको छ।२० अप्रीलमा भने डार्बीनबाट यो कार्यक्रमको समापन हुनेछ।
बजाउँछ अस्ट्रेलीयाको अपार सफलतापछि नेप्ले ईभेन्ट्सले उही थिमबाट बजाउँछ अस्ट्रेलीयाको दोस्रो सँस्करण लिएर मेल्बोर्नबासी माँझ आएको हो।हरेक बर्षको ईस्टरको छुट्टीलाई मध्यनजर लगाउँदै यहि लामो बिदालाई सहि उपयोग गर्ने उद्देश्यका साथ हरेक बर्ष यहि समय बजाउँछ अस्ट्रेलीयाका बिभीन्न सँस्करणहरु आयोजना गर्ने नेप्ले ईभेन्ट्सका डाईरेक्टर सन्जय शाहले बताउनु भयो।प्राय सबैको छुट्टी हुने र रमाईलो गर्न आतुर सङ्गीत प्रेमीहरुलाई केन्द्रीत गरेर यो कार्यक्रम हुन लागेको हो।
पुराना अनि लोकप्रीय पप गायक सन्जय श्रेस्ठ अनि नेपाली लोक मौलीक पप ब्यान्ड कर्माको बिशेष प्रस्तुती रहने यो कार्यक्रममा स्थानिय ब्यान्ड एके ४७को पनि प्रस्तुती रहनेछ।साथसाथै स्थानीय कलाकारहरुको पनि सहभागीता रहने भएको छ।डिजे मिस्टाको डिजेमा कार्यक्रम लगभग २ बजेसम्म चल्नेछ।
मेल्बोर्नको क्राउन ईन्टर्टेन्मेन्ट कम्पलेक्समा हुने यस बिशेष कार्यक्रमलाई एस स्टडी अस्ट्रेलीयाले मुख्य प्रायोजन गरेको हो भने टिकटको मुल्य $२५ राखीएको छ।१८ बर्ष माथीका लागि मात्र प्रवेश हुने यो कार्यक्रमको लागि अनिबार्य रुपमा आफ्नो परिचय खुलाउने पास्पोर्ट या अस्ट्रेलीयन ड्राईभीङ लाईसेन्स या अरु कुनै परिचय खुल्ने कार्ड ल्याउन पर्ने छ।नेपाली लाईसेन्सको कुनै मान्याता रहने छैन।टिकट वा अरु जानकारीको लागि पोस्टरमा रहेको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।