पोर्तो पोर्तुगलमा सम्पन भएको फाइनल खेलमा म्यानचेस्टर सिटी लाई १- ० ले हराउदै चेल्सी ले यूरोपियन चैम्पियन लिगको उपाधि आफ्नो पोल्टो मा पार्यो। गेमको पहिलो हाफ सकिन ३ मिनेट अगाडी मेसन माउन्टको पासलाई काइ हावर्टजको बायाँ खुट्टाको शट हानेको गोल नै निर्णायक गोल बन्यो।
यो चेल्सीको एफए कप सेमीफाइनल र म्यानचेस्टरमा एक लिग जितेको मात्र छ हप्तामा सिटी माथिको तेस्रो जीत थियो। निकै रोमान्चक बनेको दोर्स्रो हाफमा म्यानचेस्टर सिटीले गोल गर्ने अवसरबाट चुक्दा चेल्सी ले दोर्सो पटक यूरोपियन चैम्पियन लिग को उपाधि उचालेको हो।