eNepal

डिजे मिस्टा भन्छन् दुईवटा डुङ्गामा खुट्टा कदापी नराख्नु होस्

आजकाल अस्ट्रेलीयामा डिजे मिस्टाको नाम नसुन्ने धेरै कमै होलान्।हरेक हप्ताजसो हुने साङ्गीतिक कार्यक्रमहरुमा आउने दर्शकहरुलाई आफ्नो जादुमयी कलाबाट एकछिन् पनि उभिन बाध्य नबनाईकन अनबरत रुपमा नचाउँन हरतरहले लागि परेका हुन्छन् डिजे मिस्टा।बिभीन्न सङ्गीतलाई फ्युजन गरेर आफ्नो जादुमयी बिट्सबाट दर्शक अनि श्रोताहरुलाई नचाएर थकाउनमा बढो माहिर डिजे मिस्टा मेल्बोर्न निबासी हुन्।

बिगतका केही बर्षहरुमा फाट्ट फुट्टहुने ईभेन्टमा डिजे गर्दा गर्दै यसमै लत बस्यो,डिजे गर्नु मेरो रहर हो,आवेग हो अनि आत्मसन्तुस्टी हो।तर अहिले त मेरो व्यवसायनै भईसक्यो।हरेक हप्ताजसो व्यस्त हुन्छु।सबैले मायाँ गर्नु भएको छ।मन पराएर बोलाउनु हुन्छ।जे होस नेपालीहरुको समुदायको बढ्दो चापले पनि हुन सक्छ आजकाल कार्यक्रमहरु पनि भई राख्छ।अनि मनोरन्जन गर्न डिजेपनि अपरिहार्य जस्तो भईसक्यो।सबैले बोलाउनु हुन्छ।खुसी लाग्छ भन्दै डिजे मिस्टाले फ्लोरमा आफ्ना फ्यानहरु आफ्नो सङ्गीतमा झुमेर नाचेको देख्दा बढो खुसी लाग्ने बताउनु हुन्छ।अझ वान्समोरको गडगडाहट आउँदा आफुलाई आत्मसन्तुस्टि मिल्ने अनि सहि पेशा अप्नाएछु जस्तु आभास हुने बताउनु हुन्छ।

डिजे मिस्टालाई आजकाल अरु स्टेटहरुबाट कार्यक्रमको लागि अनुरोध आउने गरेको छ।सके सम्म र समय मिले सम्म जाने गरेको बताउनु भयो।कोहीले चाँही कार्यक्रमको एकदिन अगाडी आईदिनु होस् भन्नु हुन्छ,यस्तो बेला चाँही जान असमर्थ हुने भन्दै कम्सेकम् अलिकती समय मिलाएर सुचना दिएमा भरिसक ईन्कार नगर्ने बताउनु हुन्छ।

मानिसहरु आफुमा जे खुवी छ त्यहि गर्नु पर्छ,कसैको देखासिकीमा कसैले पनि धेरै काममापनि हात हाल्न हुन्न।एउटै कामलाई निखार्दै गएमा एकदिन सफल पक्कै होईन्छ।छिटो नाम र दाम कमाउने मनसाय लिनु भन्दा पनि आफु जेमा ठिक छु त्यसैलाई अझ माँझ्दै गयो भने एकदिन त्यसैले आफुलाई सबै सामु चिनाउने र दामपनि त्यसैले दिलाउने कुरामा अडिग डिजे मिस्टा दुईवटा डुङ्गामा कदापी खुट्टा हाल्न हुन्न।यसले पक्कै पनि कालान्तरमा फाईदा हुन्न या नराम्रो घटना दोहोर्याउँछ।आजकालका युवाहरु हरेक काममा हात हाल्ने अनि छिटो नाम र दाम कमाउने होडबाजीमा लागेको देख्दा बढो उदेक लाग्ने बताउनु हुन्छ।

नेपाल घर धादिङ भएका डिजे मिस्टाको बास्तबिक नाम सौरभ ठकुरी हो तर सबैले डिजे मिस्टा भनेर चिन्ने गरेका छन्।मेक मनि रेकड्सका निर्माता समेत रहेका डिजे मिस्टा बिट्सहरु पनि आफै बनाउने गर्छन्।मेल्बोर्नमा हुने प्राय कार्यक्रमहरुमा मिस्टालेनै डिजे गर्ने गरेका छन्।आफ्नो आमा पार्बती चाम्लीङको थरबाट मिस्टर चाम्लीङलाई र्यापको भाषामा मिस्टा चाम् – बिल्ङ्क बनाएको र यहि नामले आजकाल अस्ट्रेलीयामा लोकप्रीयताको शिखर चड्दै छन् डिजे मिस्टा।

Related posts

अष्ट्रेलियाले मलाई सपना देख्न र मेहिनत गर्न कहिलै छोड्नु हुन्न भनेर सिकायो – निखिला

Manoj Poudyal

डोटीबाट काठमाण्डौ हुँदै अन्तररास्ट्रिय अवार्ड हात पार्न सफल खेम धामीको प्रेरक कथा

Manoj Poudyal

पुतलीझैँ लाग्ने जसिता गुरुङका १२ ‘बोल्ड’ तस्वीर

Ujjwal Khanal

भूकम्पले जन्माएका ‘हिरो’ : धुर्मुस–सुन्तली

enepal

भूकम्पलाई जितेका यी ‘सिपाही’ – त्रासदीका तिन बर्ष

enepal

जो नेपाल बदल्न लागिपरेका छन्

enepal