काठमाडौँ, जेठ-१०। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र नेपालमा ७ हजार ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
७ हजार २ सय २० जनामा पीसीआर तथा २०५ जनामा एन्टिजेन परीक्षण गर्दा थप ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै थप १ सय ८५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या ६ हजार ५ सय ३१ पुगेको छ।
त्यस्तै सो अवधिमा ७ हजार १ सय ३५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार हाल देशभर ९२४ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन।