जहाँ मान्छेको भिडभाँड हुन्छ त्यहाँ केही न केही आतङ्क भएकै हुन्छ। हामी लडाई झगडा मारकाट हेर्दा हेर्दा आकुल व्याकुल भएकाहरुलाई कतै हजारौको सङ्ख्यामा मान्छेको जमघट भयो भने के आतङ्क भएछ।आज फेरी कसले कसलाई धसाएछ,कसले कसलाई बोकाएछ भनेर काने खुस्खुस गर्छौ।भिडमा जाने मन हुँदा हुँदै त्यसै दवाएर बस्छौं।
अव आतङ्क मार्ने र मर्नेमा मात्रै सिमीत रहेन।एउटा पिठोको डल्लोले पनि आतङ्क मच्चाउन सक्ने रहेछ।एउटा मुरली र मादलले पनि आतङ्क मच्चाउन सक्ने रहेछ।न कसैलाई जातको परवाह हुँदो रहेछ न कसैलाई धर्मको।न कुनै रिस न कुनै राग।न काले न गोरे।न एशियन न अमेरीकन न अस्ट्रेलीयन।
भाग बन्डा अनि देश र प्रदेश भनेर सदियौ देखी कुर्सीको आतङ्क मच्चाउने ति नालायक देश बनाउन लागि परेकाहरु, देशलाई खण्डहर र बेवारिसे लासमा परिणत गर्दा सम्म दिमागको बत्ती नबल्ने शोषीत र सामन्ती नेताहरुले पनि सिक्न पर्ने एउटा ईभेन्ट्सले सारा देश र बिदेशको मन जित्न सक्दो रहेछ यदि सबैको मन एउटै हुने हो भने,यदि दिमागमा एकताको भाव झल्कियो भने सम्भव भन्ने कुरो रहेन छ।
पीठो भित्रको मिश्रीत मासु अनि ट्वाक्क पार्ने अमिलो पिरो अचारमा के जादु थियो कि हजारौ नेपाली मात्र होईनन् असङ्ख्य मात्रमा बिदेशीहरुले त्यसको स्वाद लिन पाए।मुक्तकण्ठले त्यसको तारीफ गरे।जिवनमा असम्भव भन्ने कुरा नहुने रहेछ।दुई तार सय मान्छे आउँदा कार्यक्रम भव्यताका साथ सफल भयो भन्ने तिनै अनुहारहरु आजकाल हैट अव त सोच बिचार पुर्याएर कार्यक्रम गर्न पर्छ।फरक सोच अनि बहु साँस्कृतीक समाजलाई सुहाउने र पच्न सक्ने कार्यक्रम गरेमा सयमा होईन दसौं हजारमा मान्छेको सहभागिता गराउन सकिने रहेछ भन्ने आभास सबैमा हुन थालेको छ।
कुरो हो एम फेस्टिभलको।हुन त मेरो दुर्भाग्यनै भन्न पर्छ।आफ्नो नेपालको भ्रमणले गर्दा महत्वपुर्ण कार्यक्रम छुट्न पुग्यो तर आजकालको प्रबिधीको फट्कोले मैले घरमै बसेर पनि केही महत्वपुर्ण झलकहरु प्रत्यक्ष हेर्ने मौका पाएँ।कसैले पनि सोचेको थिएन होला जाबो मो:मोको डल्लाले त्यस्तो आतङ्क मच्चाउँछ भनेर तर त्यसले बिध्वँशनै मच्चायो र आज मो:मो फेस्टीभल एउटा ब्रान्ड बनेको छ।मो:मोलाई अझ मिठास थपिदीयो नेपाली मौलीक व्यान्ड कटुम्बले जहाँ बाँसुरीका मिठा धुनमा रातो रानीहरु गुन्जिए।मादलका सुरिला धुनमा नेपाली लोक धुनहरु गुन्जिए।यति मात्र नभएर बिभीन्न समुदायका आफ्ना भिन्नाभिन्नै सँस्कृती झल्काउने झाँकीहरु देखिए।साँच्चै एम फेस्टिभलले एउटा ईतिहाँस रच्यो।मो:मोले आतङ्कनै मच्चायो।
साना पार्कमा सिमीत नेपाली कार्यक्रमहरु फड्को मार्दै फेडरेसन स्कायरमा भव्यताका सफल गर्न सक्ने भयौं हाम्रा कार्यक्रम।नेपाल फेस्टीभललाई समेत मात खुवाउने गरि एम फेस्टीभल केही दिन अगाडी सफल भएको छ।के अव हामी मिल्यौ जुट्यौ अनि कटिबद्द भएर लाग्यौ भने कुनै दिन टिकट अनलाईन राखेको केही मिनेटमा सोल्डआउट हुने खालका कार्यक्रम के हामी गर्न सक्दैनौ? अबस्य सक्छौ।कुनै दिन हाम्रा कार्यक्रमका टिकटपनि ब्ल्याकमा जादैनन् भन्न सकिन्नन्।सोच बदलौ समाज बद्लिन्छ।
हिजो कनिकनि स्पोन्सर गर्नपनि अन्काउनेहरु आज आफै लौन कहिले हो तपाईको कार्यक्रम।अर्को यस्तै एम फेस्टीभल जस्तो कार्यक्रम गर्न पर्यो म टाईटल स्पोन्सर गर्छु भन्नेको मेला लाग्ने छ।स्पोनसरहरु आफै लाप्पा खेल्नेछन्।अनि भन्ने छन् हैट यो मोःमोले ठुलै आतङ्क पो मच्चायो त न दिनमा चयन छ न रातमा निन्द्रा।
बधाई छ कार्यक्रम आयोजकलाई