eNepal

मोटोपन घटाउने ५ सुझावहरु

१.तपाईं अफिसमा काम गर्दा कुर्सीमा लामो समय बस्नुपर्छ भने कुर्सीमा बस्दा आफ्नो खुट्टा भुइँमा ट्यापिङ गर्नुहोस् अनि लामो समय बस्नुभन्दा उठ्नुमा रमाउनुहोस् । फुर्तिलो बन्नुहोस्, अफिसमा पनि यताउता हिँड्डुल गरिरहनुहोस् । यसो गर्दा कुर्सीमा मात्र बसिरहनेको भन्दा तपाइर्ले दैनिक तीन सय ५० क्यालोरी बर्न गर्न सक्नुहुन्छ । नियमित रूपमा दैनिक तीन सय ५० क्यालोरी बर्न गर्दा एक वर्षमा तपाइर्ंले झन्डै १६ किलो तौल घटाउन सक्नुहुन्छ ।

२.नियमित रूपमा निश्चित समयको अन्तरालमा खाना खानुहोस् । हरेक पटकको खाना चार सय क्यालोरीभन्दा नबढाउनुहोस् । हरेकपटक उत्तिकै मात्रामा खानुहोस् । नियमित अन्तरालमा खाना खाँदा यसले इन्सुलिनलाई राम्रो रेस्पोन्स गर्छ भने फास्टिङमा रगतमा कोलेस्ट्रोलको लेभल घटाउँछ । नियमित अन्तरालमा खाना खाँदा अत्यधिक खाने स्वभावमा पनि कमी आउँछ जसले गर्दा ओभरइटिङको समस्या समाधान भई क्यालोरी कम गर्न मद्दत गर्छ । जंक फुडलाई निषेध नै गर्नुहोस् ।

३.कामको लोड बढ्यो भनेर नआत्तिनुहोस् । नियमित कामको आयतनलाई जति सकिन्छ बढाउनुहोस् । काम गरेर केही हानि हुँदैन । काम नभएको समयमा गफिनु वा कुकुरलाई लिएर वाकमा जानुभन्दा म्युजिक अन गर्नुहोस् र डान्स गर्नुहोस् । यसबाट तपाईंलाई रिपेसमेन्ट त हुन्छ नै धेरै नै क्यालोरी बर्न पनि हुन्छ ।

४.हरेक दिन कम्तीमा पनि आठ गिलास चिसो पानी पिउनुहोस् । पानी केबल प्यास मेट्नका लागि मात्र होइन, यसले शरीरको मेटाबोलिज्मलाई तीव्र बनाउन मद्दत गर्छ । जर्मनीका अनुसन्धानकर्ताले लामो समय गरेको अध्ययनले के देखाएको छ भने दैनिक आठ गिलास चिसो पानी पिउनाले मेटाबोलिक रेट ३० प्रतिशतले बढ्छ । चिसो पानी पिउँदा शरीरको एकतिहाइ शक्ति पानीलाई तातो बनाउनमा खपत हुन्छ । अनि शरीरले पानीलाई सोस्न पनि थप शक्ति खर्च गर्छ । पानी पिउँदा क्यालोरी बढ्दैन, बरु पानी शरीरमा सोसिनका लागि क्यालोरी खर्च हुन्छ । हामीले कोल्ड डि्रंक्स पिउँदा विभिन्न तत्त्वका साथै क्यालोरी पनि पिइरहेका हुन्छौँ । त्यसैले कोल्ड डि्रंक्सलाई निषेध गरौँ र शुद्ध पानी त्यो पनि सकेसम्म चिसो पानी पिउने गरौँ । खाना र स्न्याक्स खानुअघि र गुलियो पदार्थ तथा जुस पिएपछि पानी पिउनुहोस् ।

५.लिफ्टको प्रयोग गर्न छोड्नुहोस् । सिँढी चढ्ने/ओर्लने बानी गर्नुहोस् । एकैछिन फुर्सद मिल्दा स-साना बच्चाले जस्तो सिँढीको एउटा खुड्किलोमा उभिएर घरी माथि उक्लने र घरी तल झर्ने गर्नुहोस् । यसले तपाईंलाई रमाइलो अनुभूति हुनेछ, अनि रमाइलोमै तपाईंको क्यालोरी पनि बर्न भइरहेको हुनेछ ।

Related posts

स्क्यामरहरुबाट कसरी बच्ने अस्ट्रेलीयामा

Manoj Poudyal

यी हुन् भुटेको मकै खानुका फाइदा

enepal

घरमा साङ्लाले हैरान गरेको छ भने अपनाउनुहोस् यी उपाय

enepal

के हो चट्याङ र कसरी बच्ने यसबाट?

enepal

नियमित काजु खानुका यस्ता छन फाइदाहरु

enepal

दुधको चिया होइन रोजौं कालो चिया!

enepal