सुगम सङ्गीतका पारखीहरुको प्रतिक्षाको घडी सकिने क्रममा रहेको छ।।सङ्गीतको मुहानका रुपमा मानिदै आएको सुगम सङ्गीत मन नपराउने शायद सङ्गीतलाई मनपराउने मान्छे बिरलै भेटीएला।भजन शिरोमणी भक्तराज आचार्यले खनेको सङ्गीतको जगलाई कतैपनि बिचल्लीत हुन नदिईकन त्यहि जगमा लागेका धमिरालाई मलम लगाएर ईटा थप्दै गए श्रदय गायक एवम् सङ्गीतकार भक्तराज आचार्यका शुपत्र द्वय सत्यराज आचार्य र स्वरुप राज आचार्य।
हुन त खासै परिचय दिईराख्नु त्यति जरुरी छैन।नाम आफैमा काफी छ यी दुईको जसले नेपाली सुगम सङ्गीतलाई आजको यो उचाईमा पुर्याउन निरै ठुलो भुमीका खेलेका छन्।आफ्नै बुबाका गीतहरुलाई केही आधुनीक सङ्गीतको साथमा परिमार्जीत गरेर गाएका गीतहरु हुन या आफ्नै स्वर र सङ्गीतमा गायिएका गीतहरु हुन्।हरेक गीतहरु मिठासपुर्ण छन्, वजस्वी अनि मन्त्रमुघ्ध छन्।
नेपाली सङ्गीतका पारखीहरु जो मेल्बोर्नमा बस्नु हुन्छ पक्कै पनि यो खुसीको खबर हुन सक्छ।यीनै सङ्गीत साधक द्वय सत्य र स्वरुप आगामी २८ अप्रीलमा मेल्बोर्नको ह्याप्पी रिसेप्सनमा आफ्नो स्वरको जादु छर्न आउँदैछन्।नयाँ तथा पुराना गरेर दर्जनौ गीतले नेपाली दर्शक श्रोतालाई केही पलहरु भएपनि आनन्दित र घनिभुत बनाउनेमा कुनै द्वबिधानै छैन।कन्डेल कन्सल्ट्यान्सीको मुख्य प्रायोजक रहेको यो बिशेष कार्यक्रमलाई सेभेन एपिक ईन्टर्टेन्मेन्टले मेल्बोर्नमा आयोजना गर्न लागेको हो भने अस्ट्रेलीया भ्रमणको जिम्मेवारी अन्तरास्ट्रिय नेपाली कलाकार समाजले गरेको हो। यस अघि सेभेन एपिक ईन्टर्टेन्मेन्टले कर्णदास साँझ सफलता पुर्वक सम्पन्न गरिसकेको छ।कार्यक्रमको ब्रिस्तृत जानकारी पोस्टरमा हेर्न सक्नु हुनेछ।