eNepal

दिदीबहिनी समाज भिक्टोरीयालाई भिक्टोरीया राज्य सरकारबाट एकलाख बिस हजार डलर अनुदान सहयोग

मेलबर्न: दिदीबहिनी समाज भिक्टोरियालाई अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारबाट एकलाख बिस हजार डलर अनुदान सहयोग प्राप्त भएको छ । दिदीबहिनी समाजका सदस्यहरूको उपस्थितिमा ग्लेनरोय युनाइटिङ चर्चमा भएको एक कार्यक्रमका बिच मेलबर्नको पास्कोभेल क्षेत्रका लागि संसद सदस्य लिजी बेलेण्डथोनले सो अनुदानको घोषणा गरेकी हुन् ।

यस अघि पनि भिक्टोरिया राज्यको डानियल एन्ड्रयूज सरकारको Culturally and Linguistically Diverse (CALD) समुदाय टास्कफोर्स मार्फत दिदीबहिनी समाज भिक्टोरियालाई $ ५०,००० अनुदान प्राप्त भइसकेको छ ।

दिदीबहिनी समाज भिक्टोरियाले भिक्टोरियन नेपाली समुदायलाई कोरोना महामारीको बेला राहत सहयोग पुर्‍याउनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

दिदीबहिनी समाज भिक्टोरियाले स्थानिय काउन्सिलहरूसँगको सहकार्यमा भिक्टोरिया बहुसांस्कृतिक समाज र अन्य महिला सशक्तिकरण संगठनहरू उत्तरी कानूनी समुदाय, महिला सर्कस भिक्टोरिया, मोरल्यान्ड लाइब्रेरी, नेपाली समुदाय संगठनहरूसँग साझेदारीमा बिभिन्न कार्य गर्दै आएको छ । यस सँस्थाले स्थानिय गैरसरकारी संस्थाहरुसँगको साझेदारीमा महिला तथा बालबालिकाहरूलाई समाजमा पुन: स्थापना र पुन: एकीकरण गर्न सहयोग पुर्‍याउन कार्य समेत गरिरहेको छ । 

भिडीयो हेर्न यो लिङकमा क्लिक गर्नु होला
https://www.facebook.com/didibahini.samajvictoria/videos/1866612346834544/?d=n

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349