eNepal

नि:शुल्क हेर्न पाइने ‘डमरुको डण्डीबियो’

चितवन, जेठ-७। सिनेमाघर एपमा ‘डमरुको डण्डीबियो’ नि:शुल्क हेर्न पाइने भएको छ।

कोरोना भाइरस महामारीको दोश्रो लहरका कारण विभिन्न क्षेत्र प्रभावित भएका छन जहाँ सिने क्षेत्र पनि उत्तिकै प्रभावित भएको देख्न्न पाइन्छ। बन्दबन्दीका कारण सिने जगतले दर्शक माझ आफ्ना चलचित्र पस्कन पाएको छैन। यसैबीच खगेन्द्र लामिछाने, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको स्व. छेतेन गुरुङ्ग निर्देशित नेपाली चलचित्र ‘डमरुको डण्डीबियो’ अब सिनेमाघर एपमा निशुल्क उपलब्ध गराईएको हो ।

निषेधाज्ञाको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर ‘सिनेमाघर एप’ को तर्फबाट नेपालमा बस्ने दर्शकहरुको लागि भनेर ‘डमरुको डण्डीबियो’ नि:शुल्क हेर्न मिल्ने व्यवस्था मिलाएको चलचित्रका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले जानकारी दिएका छन।

पछिल्लो दिन यता ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले नेपालीलाई झनै धेरै त्रसित बनाएको छ । हाम्रो लागि यो समय निकै नै कठीन र चुनौतीपूर्ण छ । घरमा बस्दा समय कटाउन गाह्रो हुन्छ । त्यो समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर यो चलचित्र नि:शुल्क हेर्न मिल्ने व्यवस्था मिलाएका छौँ’, लामिछानेले बताए । अहिले यो सुविधा नेपालमा मात्र रहेको र बिस्तारै अरु देशहरुमा पनि क्रमशः उपलब्ध हुदैजाने सिनेमाघर एपका कार्यकारी अधिकृत सागर खरेलले बताए । ‘डमरुको डन्डीबियो हाम्रो एपमा एकदमै रुचाइएको चलचित्र हो, हामीले अहिलेसम्म एस्लाई ‘पेड सर्भिस’को रुपमा राखेको थियौं । चलचित्र हेर्नको लागि एप स्टोरमा गएर सिनेमाघर एप अपडेट गर्नु पर्ने हुन्छ । सिनेमाघर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभी लगाएतमा उपलब्ध छ ।

यो हाम्रो एपमा सबैभन्दा धेरै किनेर हेरिएको चलचित्र हो, तैपनि हामीले यो लकडाउनको अवस्थामा सबैलाई मनोरन्जन होस् भन्ने हेतुले नि:शुल्क गरेको छौँ’, खरेलले बताएका छन।

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

Manoj Poudyal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

Manoj Poudyal

A rising star from Galyang: Artist Sundeep K Lohani

Manoj Poudyal

मेल्बर्न निवासी अविनाश न्यौपाने र अस्मिता अधिकारीको आवाजमा ‘तिमी आउने जाने’

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349