चितवन, जेठ-७। कतिपय कुराहरु को महत्त्वको बारेमा हामीलाइ ज्ञान नै नभै कनपनी हामीले तेस बाट फाईदा लिराखेको हुन्छौ ! अाज पनि गाऊ घरमा बच्चाहरू लाई शुद्ध तोरि को तेल जिउ मा दल्दिने कानमा र नाभि मा लगाई दिने चलनचल्ती रहेको पाहिन्छ ! बच्चालाई मात्रै नभयेर जवान मनिस लाई पनि नाभीको वरिपरि नियमित तेल लगाउने बानीले भने ठूलो फाइदा पुर्याइरहेको हुन्छ । सुत्नुअघि वा बिहानको समय नियमित नाभीमा तेल लगाउँदा स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
धेरै मानिस अनुहारमा आउने कालो खटिराका कारण दिक्क हुन्छन् । यस्तो खटिरामुक्त हुनका लागि क्रिमको प्रयोगदेखि ठूलो धनराशि खर्च गरेर उपचारसमेत गराइरहेका हुन्छन् । तर, नियमित एक थोपा तेल नाभीवरिपरि दलेमा मात्र यस्तो समस्याबाट मुक्त भइन्छ भन्ने कुराचाहिँ धेरैलाई थाहा नहुन पनि सक्छ । हरेक दिन नीमको तेलले नाभीमा मसाज गरेमा केही हप्तापछि नै यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ । यसले अनुहारमा भएको कालो, सेतो धब्बा र दागलाई समेत हटाउने काम गर्छ ।
अब जाडो मौसम को सुरुवात सङ्सगै मानिसहरूमा ओठ फुट्ने समस्याका कारण हैरानी बेहोरिरहेका हुन्छन् । यसरी ओठ फुट्दा काम गर्दा र बोल्दासमेत असजिलो महसुस हुने गर्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि तपाईंलाई एक थोपा तोरिको शुद्ध तेल नै काफी बन्न सक्छ । दैनिक रूपमा तोरिको तेलले नाभी मालिस गर्दा ओठको समस्या मात्र नभएर जाडोको दुखाइलाई समेत कम गर्ने काम गर्छ ।
अनुहारमा चमक ल्याउनका लागि पनि नाभीको भूमिका महत्वपूर्ण साबित हुन सक्छ । यदि सधैँ अनुहारलाई चम्किलो बनाउन चाहनुहुन्छ भने दैनिक रूपमा बदामको तेलले नाभी मालिस गर्न सक्नुहुन्छ ।
जाडो मौसममा छालासम्बन्धी रोगले मानिसलाई सताउने गर्छ । यस्तो मौसममा आवश्यक स्याहार नगर्दा छाला रुखो र खस्रो बन्ने, स्किन फुस्रो हुने, गाला र आँखा चाउरिने गर्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि मोस्चराइजरले मात्र काम नगर्न पनि सक्छ । त्यसको विकल्पमा दैनिक सुत्नुअघि नरिवलको तेलले नाभी मालिस गर्ने बानी गर्नुपर्छ । स्रौत : पत्रपत्रिकाबाट