काठमाडौं, जेठ-६। आज बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिएको हो । उक्त बैठकमा बागमती प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादललाई पार्टीभित्रैबाट असहयोग भएको भन्दै त्यसबारे छलफल भएको छ।
त्यस्तै उक्त बैठकपछि प्रतिकृया दिँदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताउनु भएको छ।
त्यसैगरी बैठकमा प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयासहरुका बारेमा चासो राखेको समेत उहाँ जानकारी दिनु भएको छ।
यो पनि पढ्नुहोस:- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि राैतहटमा निषेधाज्ञाको समय थपिएको छ।
कोरोना संक्रमितको संख्या निरन्तर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा लम्बाइएको हो।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार जिल्ला प्रशासन कार्यालय गौरमा बसेको बैठकले जेठ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो।