eNepal

कोभीड कसैलाई श्राप कसैलाई बरदान – नेपोजी

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात् कोभिड-१९ का कारण धेरैको सपना डुबेको छ। यस महामारीले निम्ताएको समस्यामा घाटाको कुरा गर्दै गर्दा व्यवसायीक क्षेत्र पनि अछुतो पक्कै रहेन।  यहि माहामारीको क्रममा कसैले नसोचेको आविष्कार र विभिन्न सफलताका कथाहरु पनि हामी समक्ष दिन प्रति दिन सुन्नमा आइरहेका छन। त्यस्तै कहिँ यस्तो कथा सुन्न पाइन्छ जहाँ यहि महामारीले कयौंलाई एउटा बाटो देखाएको छ।  नेपोजी नामको संस्था पनि यसै माहामरिले जन्माएको एउटा उदाहरण भन्दा फरक नपर्ला।

मेल्वर्नको पश्चिम क्षेत्रमा रहेको ट्रुगनिना स्थित यो खाध्य व्यवसायले नेपालकै जस्तो स्वाद भएको परिकारहरु बनाउने गर्छ जसमा छुर्पी अहिले सम्मको नेपालीहरुले मन पराउने परिकारमा पर्छ।

कसरी यो व्यबसाय तर्फ आकर्षित हुनु भयो भनेर सोध्दा, यस व्यबसायका प्रोप्राईटर सुरज लामिछाने यसो भन्नु हुन्छ –

” लकडाउनका बेला नयाँ परिकार बनाएर साथी भाईसंग बाडेर खाने क्रममा साथी भाइकै सल्लाह र प्रेरणाले यो व्यवसाय सुरु गरिएको र भएको हो। केटाकेटि हुँदा खाने गरेको कुराहरुलाई यहाँ अस्ट्रेलियामा पनि ती यादहरु जीवित बनाउने प्रयासमा हामीले यो व्यवसाय सुरु गरेका हौँ”।

म र मेरी श्रीमती सङ्गीता पाठक मिलेर केही नयाँ चीज गरौ भन्ने सल्लाहा भए पछि हामीले यसलाई अझै व्यवस्थित तरिकाबाट लैजाने उद्देश्य बमोजीम स्थानीय काउन्सिल लगायत चाहिने सरकारी अड्डासंग यो संस्था रजिस्टर्ड छ। यसको लागि चाहिने खाध्य सुरक्षा प्रोटोकल र ल्याब टेस्टिङहरु पनि हामीले आफ्नो प्रख्यात सामग्रीहरुको गरेका पनि छौं। भविष्यमा नेपोजीलाई एउटा ठुलो औधोगीक कम्पनिको रुपमा अगाडी लैजाने जसमा नेपाली समुदायले रुचाउने सामग्रीहरु बनाउन सकियोस भन्ने हाम्रो चाहना पनि रहेको छ। यस्तो गर्न सकेमा हामीले भविष्यमा २-४ जना युवाहरुलाई रोजगार पनि व्यवस्था गर्न सक्नेछौं।

नेपाली पन झल्काउने मात्र नभएर उहाँको रेसिपीहरुलाई आधुनिकीकरण  गर्दै गुडपाक, सुत्केरी मसला, पुस्टकारीहरु जस्ता युनिक प्रोडक्टहरु नेपोजीले उपलब्ध गराउंदै आएको छ। नयाँ आमाहरुको माझमा यस्ता सामाग्रीहरु धेरैनै प्रख्यात बन्दै पनि गएको छ।

मामाघरको हजुरआमाको सम्झनामा नेपोजीको लोगो तयार गरिएको हो जसमा एउटा आमा डाडु लिएर परिकार बनाइ रहेको देख्न सकिन्छ। नेपाली पन झल्काउने मात्र नभएर उहाँको रेसिपीहरुलाई आधुनिकीकरण  गर्दै गुडपाक, सुत्केरी मसला, पुस्टकारीहरु जस्ता युनिक प्रोडक्टहरु नेपोजीले उपलब्ध गराउंदै आएको छ। नयाँ आमाहरुको माझमा यस्ता सामाग्रीहरु धेरैनै प्रख्यात बन्दै पनि गएको छ।

 

परम्परागत रुपमा याकको दुधबाट बन्ने छुर्पीलाई स्पेसल दुधबाट बनाइन्छ। यो तयार हुन कमसेकम एक महिना लाग्ने गर्दछ भने सुरुवात देखि अन्त्य प्रोडक्ट तयार हुँदा सम्म धेरैनै कार्यविधिहरु संलग्न हुने गर्दछन। त्यसैले छुर्पी महँगो छ तर गुणस्तर, स्वाद र लागेको समय र परिश्रमको भने हामीले मुल्यांकन गर्दै पर्छ। यस्ता सामानहरु बजारमा ल्याउन र उपलब्ध गराउन सक्नुनै एउटा ठुलो चुनौती हो।

महामारीको कारण प्रवासमा रहेका नेपालीलाई चाहिने सामाग्रीहरुको बजारमा उपलब्ध नहुनाले धेरैलाई असहज भएको देखिन्छ।नेपाली व्यवसायहरुवाट खाध्य सामाग्रीहरुको माग पनि उत्तिकै मात्रामा बढेको छ।

सुरज जी भन्नु हुन्छ- अहिलेको समयमा नेपालबाट खाध्य वस्तुको आयात गरेर व्यापार गर्नु एउटा ठुलो चुनौती हो। नेपाली परिकारहरुले बजार नपाउदा कहिले काहीं मुस्किल पर्न जान्छ तर हामीसँग सम्बन्धित सप्लायर्सहरुले आफ्नो तर्फबाट हामीलाई सहयोग गरिनै राख्नु भएको छ।

पछिल्लो समय नेपोजीका सामानहरु अस्ट्रेलीयाका प्राय सबै राज्यमा निर्यात हुन थालेको छ। सम्पर्क गर्न नेपोजीको फेसबुक वा इन्स्टाग्रामको पेजमा गएर  सिधा सम्पर्क गर्न पनि सकिन्छ। जुन सामग्रीहरुलाई फ्रीजको आवस्यकता पर्दैन ति सामग्रीहरु कुरियरको सहयोगबाट तपाईको घर सम्म पुर्याउने नेपोजीले कोशिस गर्छ तर त्यसमा लाग्ने खर्च भने आफैले नै व्यहोर्नु पर्ने हुन्छ।

अस्ट्रेलियन मेड नेपाली टेष्ट” भनेर स्लोगन बोकेर अघि बढेको यो व्यवसायले छोटो समयमा धेरैको मन जित्न सफल भएको छ। 

नेपाल बाहेक अरु कतै नपाइने सामानहरु उपलब्ध गराईदिदा जुन खुसि तपाईंहरुको मुहारमा हेर्न पाउँछौ त्यो नै हामीहरुको लागि एउटा जित हो। 

सुरज भन्नु हुन्छ – मानिसहरुबाट विभिन्न प्रतिक्रियाहरु आउँछन् त्यो सामान्यनै भयो।सुरुवातमा हामीबाट पनि धेरै कमजोरीहरु अवस्य भएका थिए र अहिले पनि हुन्छन। हामीले कसैको पनि नकारात्मक टिका टिपणीलाई अन्यथा नलिएर हरेक दिन आफ्ना रेसिपिहरुलाई अझै राम्रो बनाउने कोशिसमा लागिरहेका हुन्छौं, त्यसैबाट सिक्छौं। हरेक नयन दिनको सुर्य हामीलाई नयाँ कुरा सिक्ने र सिकाउने गरेर उदाउँछ। सुरुवाती दिन लगायत अहिले पनि जसजसले हाम्रो सामानहरु खाएर हामीलाई प्रतिक्रिया दिनु भएको थियो त्यसैलाई मध्यनजर राखेर गुणस्तर अझै बडाएर लागिरहेका छौं।

त्यही चुनौतीले हरेक दिन प्रतिदिन तपाईंको कलालाई तिखार्दै लैजान्छ। आँट गर्नुस बाटो ढिला चाँडो  भगवान अवस्य देखाउनुहुनेछ। 

हरेक कुराको सरुवात यस्ता विकसित देशहरुमा एउटा ग्यारेजको कुनाबाट नै सुरु हुने गर्दछ, त्यसलाई कहाँसम्म लैजाने भन्नेकुरा हामीले सिके अनुसार संस्थाले दिने गुणस्तर र ग्राहक सेवा मै भर पर्छ।

“नेपोजी” नयाँ व्यवसायमा लाग्ने र लाग्न  बाटो खोजि गरिरहनु हुने धेरै युवायुवतीहरुको लागि प्रेरणाको श्रोत बन्न सक्छ। कुनै कुरा सुरु हुनु भन्दा पहिलानै ‘चल्दैन, गार्हो छ, कहाँ गर्न सकिन्छ, डुबिन्छ’ भन्नेहरु धेरै नै भेटिन्छन तर नमरी स्वर्ग देखिन्न भने झैँ सुरुमा केही चुनौती आउँछन, जान्छन। त्यही चुनौतीले हरेक दिन प्रतिदिन तपाईंको कलालाई तिखार्दै लैजान्छ। आँट गर्नुस बाटो ढिला चाँडो  भगवान अवस्य देखाउनु हुनेछ। 

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349