एजेन्सी। विश्वकै बहुचर्चित टेस्ट सिरिज द एसेज सिरजको मिति तय भएको छ ।
५ खेलको यो सिरज यसपटक अस्ट्रेलियाले आयोजना गर्ने भएको छ। यस सिरिजमा टेस्ट क्रिकेटका दुई उत्कृष्ट टोली इङ्ल्यान्ड र अस्ट्रेलिया प्रतिस्पर्धा गर्ने भएका छन् ।
सिरजको पहिलो खेल डिसेम्बर ८ देखि १२ सम्म ब्रिसबोन, दोस्रो टेस्ट डिसेम्बर १६ देखि २० सम्म एडिलेड, तेस्रो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म मेलवर्न हुनेछ ।
त्यस्तै चौथो टेस्ट जनवरी ५ देखि ९ सम्म सिड्नी र त्यसैगरी पाँचौ तथा अन्तिम टेस्ट जनवरी १४ देखि १८ सम्म पर्थमा खेलाइने छ । यो सिरिज दुवै देशले पालै-पालो आयोजना गर्ने गर्छन्।
यो पनि पढ्नुहोस:- माहामरिका रुपमा फैलिरहेको कोरोना भाईरसका कारण एकजना अष्ट्रेलियन नागरिकले भारतमा ज्यान गुमाएका छन।
आफ्ना अभिभावकलाई भेट्न भारत गएका निजलाई कोरोना लागेको थियो । सुनील खन्नाको मृत्यु गएको अप्रिल २९ तारिखमा भएको थियो । यससँगै उनी भारतमा मृत्यु हुने तेश्रो अष्ट्रेलियन नागरिक भएका छन् ।
अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता गर्ने कार्यलाई रोक लगाएपछि यसको चौतर्फी विरोध हुँदै आएको छ । विरोधपछि केही सहज बनाइएपनि नागरिकहरु स्वदेश फर्कन सहज बनेको छैन ।
सुनीलको ८३ वर्षीय आमाको पनि कोरोनाका कारण निधन भएको छ । सबै परिवारलाई अष्ट्रेलिया ल्याउनका लागि उनी भारत गएपनि दुईजना परिवारका सदस्यको मृत्यु भएको ह्यारिस पार्क विजनेस एशोसिएसनका अध्यक्ष सन्जय जैसवालले जानकारी दिएका छन।