eNepal

एमएनसी वेस्टद्वारा अक्सिजन कन्सन्ट्रेटर र नेपाली स्कुललाई आर्थिक सहयोग

मेल्बर्न नेप्लिज कम्युनिटी वेस्टले रोयल वेस्टर्न फुटवल क्लवको सहकार्यमा गएको आइतबार बार्बेक्यु कार्यक्रम एवम् भेटघाट कार्यक्रम सम्पन्न गरेको थियो। 

करिब १५० जनाको सहभागीता रहेको उक्त बार्बेक्यु कार्यक्रममा एनआरएनए भिक्टोरीया, गल्मी समाज भिक्टोरीया, दिदीबहिनी समाज भिक्टोरीया, एएनपिएल, अस्ट्रेलीयन नेप्लिज मल्टीकल्चर कम्युनिटी, जिलोङ् नेप्लिज एसोसियसन, नेपाली जनसम्पर्क समिती भिक्टोरीया, प्रवासी नेपाली एकता मन्च भिक्टोरीया, भिक्टोरीयन नेप्लीज क्रिकेट एसोसीयसनका प्रतिनीधीहरुको सहभागीता रहेको थियो।

सो कार्यक्रममा एएनएमसीका सचीव नारायण काफ्लेले एएनएमसीको सदस्य बन्नलाई आग्रह गर्दै पशुपती र गुम्बा सहितको नेपाली सामुदायीक भवन बनाउन सँस्थालाई हौषल्ला मिल्ने र समुदाएमा यती नेपालीहरु सदस्य छन् भनेर अस्ट्रेलीयन सरकारसँग पैरवी गर्न र फण्ड ल्याउन पनि सहज हुने जानकारी गराउनु भयो।

सँस्थाका तर्फबाट बोल्दै अध्यक्ष शंकर थापाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पुर्ण प्रायोजकहरुलाई बिशेष धन्यबाद दिदै हाम्रो आतिथ्यलाई स्विकार गर्दै कार्यक्रममा सहभागी जनाउनु हुने बिभीन्न सँस्थाका पदाधिकारीहरु,समुदाएका अग्रज दाजुभाई तथा दिदीबहिनीहरु, बुबा आमाहरुलाई धन्यबाद दिनु भएको थियो। कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिने सँस्थाका उपाध्यक्ष नारायण कटुवाल, कोषाधयक्ष राजेश जैसवाल, शिव अमात्य र केशव खत्रीलाई बिशेष धन्यबाद दिनु भएको थियो।

एमएनसी वेस्टका तर्फबाट एनआरएनए अस्ट्रेलीयाले जारी राखेको नेपाल कोभीड १९ रिलीफ क्याम्पियनमा होस्टेमा हैसे गर्दै एक अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिज्ञा गरेको छ। साथै टार्नेटमा सन्चालन हुन गइरहेको नेपाली भाषा पठनपाठन गराउने स्कुललाई $१००० सहयोग गर्ने निर्णय समेत गरेको छ।

बार्बेक्यु कार्यक्रमको तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नु होला
https://www.facebook.com/1067957223284658/posts/4053961871350830/?d=n

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349