eNepal

हेर्नुहोस, किन हुन्छ पत्थरी? जान्नुहोस! पत्थरी हुन नदिन के गर्ने?

चितवन, जेठ-४। मुत्र प्रणाली अन्तर्गत मिर्गौला, पिसाबनली र पिसाब थैलीको पत्थरीको समस्या लिएर पिसाब सम्बन्धी शल्यक्रिया विभागमा आउने बिरामीको संख्या उल्लेख्य छ। यस विभागमा आउने सय जना व्यक्तिमध्ये १५ जनालाई मु’त्र प्रणाली सम्बन्धी पत्थरी हुने गरेको पाइएको छ। एक पटक पत्थरी भएका व्यक्तिमध्ये करिब ४० देखि ६० प्रतिशतमा पाँच वर्षभित्र दोहोरिने सम्भावना रहन्छ। हाम्रो देशको भौगोलिक बनावट, खानपानको तरिका र स्वास्थ्य चेतनाको अभावका कारण पत्थरीको स’म’स्या चुनौती बनिरहेको छ।

मुत्र प्रणाली सम्बन्धी पत्थरी २० वर्षभन्दा कम उमेरकालाई कमै मात्र हुन्छ। साधारणतया ४० देखि ६० वर्ष उमेरका मानिसमा मु’त्र प्रणाली सम्बन्धी समस्या बढी देखिन्छ। पुरुषको पिसाबनली लामो हुने कारणले महिलामा भन्दा पुरुषमा यो समस्या दुईदेखि तीन गुणा बढी हुन्छ। मुत्र प्रणालीमा हुने पत्थरीको समस्या पित्त थैलीको पत्थरीभन्दा फरक हुनुका साथै उपचार पद्धति पनि फरक हुन्छ।

किन हुन्छ पत्थरी?:- मानव शरीरको विकार वस्तुमध्ये पिसाब एक प्रकारको जटिल रसायन हो। यसमा पत्थरी बनाउने र पत्थरी बन्न नदिने दुईवटै तत्व हुन्छ। पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सिन, युरोपोन्टिन र ट्याम–हर्सफल प्रोटिनले पत्थरी बन्न दिँदैन। कुनै कारणवश पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ।

पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ। कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिन्छ। तौल बढी भएको, पहिला पनि पत्थरी भएको र परिवारमा अरुलाई पनि पत्थरी भएका व्यक्तिहरुमा पत्थरी हुने सम्भावना बढी हुन्छ। कतिपय व्यक्तिमा अनुवंशिक रो’गहरुले पनि पत्थरी बनाउन सक्छ। युरिक एसिडको समस्याबाट प्राताडितमध्ये करिब १० प्रतिशतलाई युरिक एसिडखालकै पत्थरी हुने सम्भावना हुन्छ।

पत्थरी भएको कसरी थाहा हुन्छ ?:- कतिपय व्यक्तिमा पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। जब पत्थरीले पिसाब बग्ने बाटोमा बाधा पुर्‍याउन थाल्छ त्यसपछि मात्र लक्षणहरु देखा पर्न थाल्छन्। पत्थरीको समस्यामा कोखा दुख्ने, पिसाब पो’ल्ने, पिसाब छिनछिनमा लाग्ने, पिसाबमा र’गत देखिने, वाकवाक लाग्ने लगायतका लक्षण देखिन्छन्। लामो समयसम्म पत्थरीले पिसाबको बहावमा अवरोध भएमा पिसाबको सं’क्र’म’ण हुने, मिर्गौला सुन्निने, मिर्गाैला नै संक्रमित हुने र मिर्गौला फेल हुनेसम्मको अवस्था आउँछ। पिसाब जाँच, भिडियो एक्सरे, सामान्य एक्सरे, सिटी स्क्यान र कतिपय र’ग’त जाँचले मुत्र प्रणाली सम्बन्धी पत्थरी भएन/भएको पत्ता लाग्छ।

पत्थरी हुन नदिन के गर्ने?:- १. पानी प्रसस्त पिउने। एक दिनमा दुई लिटर पिसाब बन्नेगरी आवश्यक मात्रामा पानी पिउने गरेको खण्डमा मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने सम्भावना ४० प्रतिशतले घट्छ। यदि, हामी धेरै गर्मी ठाउँमा बस्छौँ वा धेरै पसिना बग्ने कठिन काम गर्छौं भने अझ बढी पानी पिउनुपर्ने हुन्छ। २. मासु नखाने। सागसब्जी धेरै खाने। मासु धेरै खाने व्यक्तिमा पत्थरी हुने सम्भावना बढी हुन्छ। विशेष गरी, रातो मासु कम खानु वुद्धिमानी हुन्छ। ३. नुन कम खाने। नुनिलो खाने कुरा, जंकफुड, प्रशोधित खाने कुरा र धेरै मात्रामा अचार नखाने। ४. साइट्रेटयुक्त एवं पोटासियमयुक्त फलफूल बढी खाने। सुन्तला, कागतीजस्तो बढी साइट्रेट हुने र केरा, च्याउ, हरियो सागपात, आलुजस्तो पोटासियम बढी हुने खानेकुराको सेवनले पत्थरीको समस्या कम हुन्छ। ५. क्याल्सियम भएको खाने कुराले पत्थरी बनाउने होइन। तर, प्राकृतिक रुपमा (पशु र वनस्पतिमा हुने) क्याल्सियम खानु राम्रो हुन्छ। दूध वा दुधजन्य खानेकुरा प्रतिदिन पाँच सय मिलिलिटरसम्म खान सकिन्छ। क्याल्सियम चक्की खानुपरेका खण्डमा खालि पेटमा खानु हुँदैन। ६. अक्जालेटयुक्त खानेकुरा सकेसम्म कम खाने। पालुंगो साग, सखरखण्ड, काउली, चकलेट, कफी, कालो चिया, बियर, स्ट्रबेरी जस्ता खानेकुरामा अक्जालेटको मात्रा बढी हुन्छ।

उपचार विधि:- पत्थरीको आकार, पत्थरीको स्थान र बिरामीको अवस्थामा पत्थरीको उपचार प्रक्रिया निर्भर रहन्छ। सामान्यतः तीन तरिकाबाट पत्थरीको उपचार हुने गर्छ। पेट चिरेर, सानो प्वाल (घाउ) मात्र बनाएर र नचिरीकन। तपाईंको पत्थरी कस्तो किसिमको हो भन्ने कुरामा उपचार फरक पर्छ। किनकि कुनै पत्थरी बालुवाजस्तो नरम हुने र कुनै पत्थरी ढुंगाजस्तो साह्रो हुने भएकाले कुन विधिबाट उपचार सफल हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ।

नचिरीकन गरिने उपचार:- सिटी स्क्यानबाट पत्थरी नरम अर्थात् १० मिमिभन्दा सानो भेटियो र त्यस्तो पत्थरी मिर्गौलाको माथिल्लो र बीचको भाग वा पिसाबनलीको माथिल्लो भागमा छ भने नचिरीकन गरिने प्रविधि (इएसडब्लुएल) बाट पत्थरीको उपचार गरिन्छ। यो प्रविधिबाट पत्थरी हटाउँदा अस्पतालमा भर्ना भएर बस्नु पर्दैन। कतिपय अवस्थामा दुईदेखि तीनचोटि सम्म उपचार गर्नुपर्ने हुन सक्छ। कसैकसैको त्यति गर्दा पनि पत्थरी फुटेन भने अर्को पद्धति अपनाउनुपर्ने हुन्छ। पिसाबको नलीमा भएको पत्थरी पिसाबनलीको कुन भागमा छ त्यसैका आधारमा नचिरीकनै उपचार गरिन्छ। मिर्गौलाको तल्लो भागमा भएको पत्थरीलाई पनि नचिरीकन आरआइआरएस विधिबाट निकाल्न सकिन्छ। सानो प्वाल (घाउ) बनाएर गरिने शल्यक्रिया:- मिर्गौलामा १० मिमिभन्दा माथिको पत्थरी छ भने, त्यो पत्थरीको कडापन हेरेर पिसिएलएल (सानो प्वाल बनाएर पत्थरी निकाल्ने प्रविधि) विधिबाट पत्थरी हटाइन्छ। यो प्रविधिबाट गरेको शल्यक्रियाले मिर्गौलालाई असर गर्दैन र मिर्गौलाको काम यथावत रहन्छ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

Manoj Poudyal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

Manoj Poudyal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349