अस्ट्रेलीया बसोबास गर्ने क्रममा उत्साह जोशी यानिकी पोईटले बिद्धार्थीहरुको पिडा अनि सङ्घर्षलाई बडो मिठो तरिकाले लेखेको कबिता
ILETS मा सात ,
क्या बात् ?
भिसा हान्न साथ,
म त उडे राता रात ,
तर वास्तवमा भाग्यले हान्यो लात ।
काम बाट फर्कदा , train नै छूट्यो,
ट्याक्सी डाईभरले, पौसा लुट्नू सम्म लुट्यो ।
पसिना छूट्यो , मुख धोए चिसो पानीले,
दुख पाए, क्रोनरलाई Convert गर्ने बानीले ।
सोचको भुमरीमा, निऊरिदै हिड्यो,
सपनाबाट नत, बेउति नै मिल्यो ।
काम गर्दा गर्दा, आज जिऊ निदाईदियो,
भाको जती पैसा पनि यूनिलाई तिर्यो ।
अब म के गरौ तिमीनै भन ?
नेपालकै घरको खाटमा,
मस्त सुत्ने छ मन,
बरु चाहिएन धन, के लानु मरिकन ?
तर फेरी उहि पैसाको कुरो छ,
तेत्रो पैसा उडाई सके, फर्कियो भने डूव्यो त ।
तेही भएर म काम गर्छु मरेर,
पैसा कमौऊन आएको छोरो रिणमा डुब्यो ल हेर ।।
ILETS 7 ,
क्या बात् ?
भिसा हन्न साथ,
म त उडे रता रात ,
तर वास्तवमा भाग्यले हान्यो लात ।
Uniq Poet