काठमाडौँ, जेठ-३। आइतबार रातीदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य वृद्धि गरेको हो । मूल्य समायोजन पश्चात काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।
त्यसैगरी निगमले एलपी ग्यास र अन्तरराष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।
यो पनि पढ्नुहोस:- चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ६ का ६५ बर्षीय वृद्ध गोपी प्रजाको हत्या गरेको अरोपमा एक महिला पक्राउ परेकि छिन ।
सोहि स्थान घर भएकि ४५ वर्षीया काईली भन्ने सर्किना चेपाङलाइ चितवन प्रहरीले पक्राउ गरेको हो ।
बैशाख ३१ गते ईच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित तिननम्बर पुलबाट अन्दाजि ५० मिटर तल खोल्सामा गोपी प्रजाको शव भेटिएको थियो । टाउकोमा चोट लागेको अवस्थामा प्रजाको शव भेटिएपछि चितवन प्रहरीले गहिरो गरी अनुसन्धान बढाएको थियो ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा स्थानीय सर्किना चेपाङलाई हिजो नियन्त्रणमा लिई उनलाई सोधपुछ गर्ने क्रममा उनले प्रजामाथी धारिलो हतियार प्रहार गरि घाईते अवस्थामा छोडेको बयान दिएको छ ।
त्यस्तै घटनास्थल नजिक मृतक प्रजाले जबरजस्ती गर्न खोजेपछि प्रतिकार स्वरुप आफुले साथमा रहेको खुर्पाले टाउकोमा प्रहार गरेको उनले स्वीकार गरेको प्रहरीको भनाई छ ।
महिलाको साथबाट धारिलो हतियार (खुर्पा) बरामद गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको छ।