सोल्टी होटलले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्बजनी गरेको छ।
सोल्टी होटल चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १३ करोड ६६ लाख ३८ हजार खुद नोक्सानीमा रहेको छ जबकी गतवर्ष यस अवधिसम्म रू. १४ करोड ५ लाख ४७ हजार खुद नाफा गरेको थियो।
कम्पनीले यस वर्ष कुल आम्दानी रू. ३० करोड ८७ लाख ४७ हजार भएकोमा कुल खर्च रू. ४४ करोड ४९ लाख ७४ हजार भएको छ ।हाल रू. ८४ करोड २५ लाख ७९ हजार चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा रू. ६७ करोड ५ लाख ६७ हजार रहेको छ ।
कम्पनीको कुल सम्पत्ति रू. २ अर्ब १२ करोड ३० लाख ८९ हजार र कुल दायित्व रू. ६० करोड ९९ लाख ४२ हजार छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि रू. १ दशमलव ६२ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ भने रू. १७ दशमलव ९६ रहेको छ ।
होटलले सार्बजनिक गरेको रिपोर्ट।