काठमाडौँ, जेठ-२। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्वी भू-भाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।
हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज(जेठ २ गते) दिउँसो प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै राती भने देशभर आन्शिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार भोलि(जेठ ३ गते) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले जानकारी दिए अनुसार पर्सि (जेठ ४ गते)दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।