eNepal

सिईडिबिको आईपिओ बाँडफाँड आज ,कसरि हेर्ने नतिजा ?

सिईडिबिले निस्कासन गरेको आइपियो आज बिहान ११ बजे भर्चुअल माध्यमबाट  बाँडफाड हुने भएको छ ।

सर्वसाधारणलाई बिक्री गरिएको २३ लाख ४१ हजार ९५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख २ हजार ५०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिन मंगलबारसम्म १७ लाख ३६ हजार ७०० जना आवेदकले २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले वैशाख १७ गतेबाट सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता सेयर खुला गरेको हो । कम्पनीको मागको आधारमा माग भन्दा ११.२५ गुणा बढी आवेदन परेको थियो सीइडीबीको ।

हाइड्रोपावर कम्पनीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गरेको हो   । सीइडीबीको आइपीओमा छिटोमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा वैशाख ३१ गतेसम्म खुला रहनेछ । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

कम्पनीले ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणको लागि छुट्याएको छ । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ ।लगानीकर्ताको संख्या धेरै भनेको कारण गोलाप्रथाद्वरा बाडफाड हुने भएकाले १० कित्ता आवेदन दिदा ठिक हुने छ।

कसरि हेर्ने नतिजा ?

बिगतका केहि दिनबाट आइपियो बाडफाड भएपछी तपाइले आफ्नो नतिजा मेरो शेयर साथै  क्यपितलाको वेवबाट हेर्न सक्ने ब्यबस्था भएको थियो ।  तपाइले नतिजा  बिक्रि प्रबन्धकको वेब  साथै मेरो शेयरको सब डोमेन बाट हेर्न सक्नु हुने छ।

सजिलो तरिकाले नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस।  

 

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349