काठमाडौँ, बैशाख-२९। पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ३६२ जनाको पीसीआर परीक्षण र ४२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकरी दिनुभयो।
त्यस्तै प्रवक्ता गौतमका अनुसार थप १६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन। सोही अवधिमा ४ हजार ४४४ जना संक्रमित निको भएका छन्।
यो पनि पढ्नुहोस:- आज मात्र काठमाडौं उपत्यकामा ३ हजार ९ सय २४ कोरोना संक्रमित थपिएका छन।
काठमाडौंमा ३२ सय ५०, भक्तपुरमा २२६ जना र ललितपुरमा ४४८ जना गरी ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो।