काठमाडौँ, बैशाख-२९। अहिले सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) भर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओ कहिले बाँडफाँड हाेला भन्ने चासाे लागेको छ।
निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार कोरोना संक्रमणका कारण डाटा भेरीफाई गर्न ढिलाइ भएकाे हुनाले अर्काे साता मात्र बाँडफाँड हुने भएकाे छ । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १७ लाख ३६ हजार ७ सय जना आवेदकबाट २ करोड ६३ लाख ४५ हजार ५ सय कित्ताका लागि आवेदन परेको छ ।
याे सर्वसाधारका लागि छुट्याइएकाे २३ लाख ४१ हजार ९ सय ५४ कित्ता भन्दा ११.२५ गुणा बढी आवेदन हो । यस अन्तिम तथ्यांकलाई हेर्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १५ लाख २ हजार ५ सय भन्दा धेरै जना आवेदक भने आईपीओ पाउनबाट वञ्चित हुनेछन्। कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे हाे ।
जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियाे ।