eNepal

एमालेका नेता पशुपति चौलागाईंको कोरोना सङ्क्रमणबाट निधन, सञ्चारमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि

काठमाडौँ, बैशाख-२९। नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणका कारणका मृत्यु भएको छ।

चौलागाईंको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

आज बिहान मन्त्री गुरुङले मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । त्यस्तै पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । उहाँको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिनेछ।

मङ्गलबार राति कोरोना सङ्क्रमणबाट नेता चौलगाईंको निधन भएको थियो ।
नेकपा (एमाले) पोलिटब्यूरो सदस्य रहनुभएका चौलागाईं दोलखा ‘ख’ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेता चौलगाईं विसं २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद हुनुभएको थियो । विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलगाईं निष्ठावान र इमान्दार नेता हुनुहुन्थ्यो । उहाँको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताउनुभयो ।

Related posts

एमाले बैठक भोलि बस्ने

Dev Chapagain

आज माधव नेपाल समूहको केन्द्रीय सदस्यहरु बैठक बस्ने

Dev Chapagain

ओली सरकारको जनविरोधी निर्णयलाई खारेज गर्नुपर्ने रामकुमारी झाँक्री माग

Dev Chapagain

प्रधानमन्त्री देउवाद्वारा सदनमा दुई प्रतिवेदन पेश

Dev Chapagain

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

enepal

नेकपा एमालेको स्थायी कमिटीको बैठक सकियो

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349