eNepal

काँक्रो खानुका यस्ता छन फाइदा

चितवन, बैशाख-२९। मौसम परिवर्तन संगै बजारमा बिभिन्न किसिमका फलफूलहरु देख्न सकिन्छ त्यसैले गर्मी मौसममा काँक्रो सबैको घरघरमा पुगेकै हुन्छ र प्राय सबै ब्यक्तिहरुलाई मन पर्छ।

काँक्रोको सेवनले शारीरलाई निकै फाईदा गर्छ । यसमा ‘इरेप्सिन’ नामक एम्जाइम हुन्छ जुन प्रोटिन पचाउनमा मद्दत गर्छ ।

काँक्रोमा ९६ प्रतिशत पानी मात्र हुने भएकोले यसमा भिटामिन ए, बी वान, बी सिक्स, सी, डी, पोटासियम, फस्फोरस , आइरन आदि प्रसस्त मात्रामा पाईन्छ । नियमित रुपमा काँक्रोको जुस बनाएर पिउनाले शररिको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाई राख्छ ।

काँक्रोका अन्य फाईदाहरु निम्न छन् :- १. काँक्रोको नियमित सेवनले कपाल र त्वजालाई सुन्दर र स्वस्थ बनाउन मद्दत गर्छ । २. क्यान्सरको खतरा हुनबाट जोगाउँछ । ३. महिनावारी हुँदा देखिन सक्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । ४. मधुमेह वा उच्चरक्तचाप भएका ब्यक्तिहरुका लागि फलदायी हुन्छ ।५. काँक्रोमा क्यालोेरी कम हुन्छ र पानीको मात्रा बढी हुने भएकाले शरीरको तौल घटााउन मद्दत गर्छ । यसमा फाइबर बढीमात्रामा हुन्छ जसले खाना पचाउन मद्दत गर्छ । ६. आँखा पोल्ने समस्याबाट छुटकारा मिल्छ । काँक्रोलाई पिसपिस गरेर काटेर आँखाको ढकनीलाई छोपेर राख्यो भने आँखालाई चिसो बनाई राख्छ र आँखा पोल्ने समस्याबाट मुक्ति मिल्छ ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

Manoj Poudyal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

Manoj Poudyal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349