eNepal

सुरु भयो एनआरएनए अष्ट्रेलियाको सदस्यता वितरण, सदस्यताका लागि यस्तो छ प्रकृया

चुनाव नजिकिदै गर्दा गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले सदस्यता वितरण सुरु गरेको छ । यो संगै शनिवार मध्यरातबाट सदस्यताका लागि अनलाईन फारम खुल्ला गरिएको छ।

हाल एआरएनए अष्ट्रेलियाको १२ हजार सदस्य छन् । आगामी कार्यकालका लागि जुलाई ३१ तारिख शनिवार चुनावको मिति तय भएको छ । त्यसैगरी जुन १० तारिखसम्म सदस्यताको फारम भरिसक्नुपर्नेछ ।

यसपाली सदस्यताका लागि २५ डलर शुल्क तोकिएको छ। एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङका अनुसार यसपाली डेबिट र क्रेडिट कार्डबाट मात्रै रकम तिर्न सकिने व्यवस्था गरिएको छ । एउटा कार्डबाट आफु र नजिकका परिवारका ४ जना सदस्य सम्मको शुल्क तिर्न मिल्ने व्यवस्था गरिएको गुरुङले बताउनुभयो।

यस्तै अष्ट्रेलियाका टेम्पोरेरी रेसिडेन्ट भिषा टिआर, पिआर, नागरिक भइसकेका नेपालीमुलका मानिसले सदस्यता लिन सक्नेछन् । विद्यार्थीले भने मतदान अधिकार नभएको एशोसियटस् सदस्यता लिन सक्नेछन । यसअघि सदस्य भइसकेकाहरुले समेत सदस्यता नविकरण गर्नका लागि सबै कागजात पेश गर्नुपर्नेछ । सदस्यताका लागि प्रकृयाको कुरा गर्ने हो भने एनआरएनए अष्ट्रेलियाले सदस्यताका लागि अनलाईन फारमको व्यवस्था गरेको छ जसका लागि यो थिच्नुहोस् ।

त्यसपछि सदस्यता फारमको मुख्य पेजमा गएपछि ६ वटा चरण पार गरेपछि दर्ता प्रकृया पुरा हुन्छ । सदस्यका लागि सुरुमै व्यक्तिगत मापदण्ड पुरा गरेपछि मात्रै व्यक्तिगत विवरण भर्ने अर्को चरणमा पुग्न सकिन्छ । फोन नम्बर र इमेल भेरिफिकेसन गरेपछि अर्को चरणमा गएर कागजपत्र अपलोड गर्न मिल्छ । इमेलमा आएको कोड भेरिफिकेसन गरेपछि मात्रै सदस्यता शुल्क तिर्न सकिनेछ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349