eNepal

पाइल्सका केहि लक्षणहरु र उपचार पद्धति

चितवन। बैशाख-२६। तँपाईहरु कतिपयले बारम्बार सुनेको अनि कतिले त भोगेको समस्या हो , ‘पाइल्स’ । पाइल्स, जसलाई चिकित्सकीय भाषामा ‘हेमोरोइड’ भनिन्छ । यसका केहि लक्षणहरु र उपचार पद्धति यस प्रकार रहेका छन:-

लक्षण
दिसा गर्ने ठाउँबाट र ग त आउने विभिन्न कारणमध्ये हेमोरोइड पनि एक हो तर यसको विशेषता भनेको दिसा गरिसकेपछि मात्र रगत आउँछ भने दुखाइको अनुभव हुँदैन । दिसा गर्ने भाग चिलाउने गर्दछ ।भित्री हेमोरोइडलाई हामीले चारवटा अवस्थामा वर्णन गर्न सक्दछौं । अवस्था १ मा रक्तनशाहरु (गाँठो बाहिर आउँदैन । अवस्था २ मा गाँठो निस्कन्छ, जुन फेरि आपैंm भित्र जान्छ ।

अवस्था ३ मा गाँठा निस्कन्छ, जसलाई हातले ठेलेर भित्र छिराउनुपर्दछ । अवस्था ४ जटिल अवस्था हो । यसमा निस्किएको गाँठोलाई हातले ठेलेर पनि भित्र छिराउन सकिँदैन । बाहिरी हेमोरोइडमा मुख्यतः चिलाइ र दुखाइ बढी महसुस हुन्छ, गाँठो पनि हुन सक्छ । भित्री हेमोरोइडमा दुखाइरहित रगत आउने गर्दछ ।

उपचार पद्धति
हामी सबैलाई थाहा भएकै हो, रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने उपायहरु अपनाउनु बुद्धिमानी हो । हेमोरोइडकोहकमा यो अझ बढी लागू हुन्छ । त्यसैले, हेमोरोइडबाट जोगिन दिसालाई नरम बनाउने उपायहरु अवलम्बन गर्नैपर्छ । जसमा सागसब्जी र पानीको प्रशस्त सेवन गर्नुपर्छ भने माछामासु र रक्सीको सेवन बन्द गर्नुपर्छ । हामी धेरैको दिसा रोकेर राख्नेलबानी हुन्छ । यस्तो कदापि गर्नु हुँदैन । त्यसर्थ, आजबाट यो बानीलाई त्यागिदिनुपर्छ ।

दुखाइ कम गर्ने औषधि सेवन, आराम, सफासुग्घर तथा सिजबाथ उपयुक्त देखिन्छ तर प्रायशः अन्तिम विकल्प शल्यक्रिया नै हुने गर्दछ । पुनश्चः गर्भावस्थामा देखिएका हेमोरोइडहरु बच्चा पाएपछि आफैं ठीक हुने गर्छ । अन्य उपचार पद्धतिहरुमा स्केलेरोथेरापी, रबर ब्याण्ड लाइगेसन फोटोको गुलेसन आदि पर्दछन् ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

Manoj Poudyal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

Manoj Poudyal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349