eNepal

सामाजिक समस्या निराकरण जटिल समस्या – बर्षा केसी राजभण्डारी

दिदी-बहिनी समाज भिक्टोरियाले घरेलु हिंसासम्बन्धी दोश्रो लघु चलचित्र ल्याएको छ । पहिलो भागलाई धेरैले रुचाउँदै सकारात्मक प्रतिक्रिया आएपछि दोश्रो भाग ल्याइएको हो । दोश्रो भागकी मुख्य पात्र एबम दिदी-बहिनी समाज भिक्टोरीयाकी कार्यकारी सदस्य एबं मेल्टोन युनिट सँयोजक बर्षा केसी राजभण्डारीसँग यही दोश्रो भागअको सेरोफेरोमा रहेर गरिएको कुराकानी:

‘Change starts with me” कस्तो खालको चलचित्र हो? यसले दिन खोजेको सन्देश के हो?

यो पुरुषहरूको व्यवहार परिवर्तन (Men’s behaviour change) मा आधारित चलचित्र हो । आफैले महसूस गरेर आफैबाट परिवर्तन नगर्दासम्म परिवर्तन सम्भव छैन । जव हामी आफैले परिवर्तन गर्न भित्रबाट चाहाना राख्छौ तव मात्र परिवर्तन सम्भव छ । पुरुष प्रधान हाम्रो जस्तो समाजमा पुरुष आँफैले आफ्नो गल्तीहरु महसुस गरिसकेपछि कसरी आत्माग्लानी हुन्छ, परामर्शमा जान राजी भएर आफूलाई सुधार्न खोज्दै कसरी आफुलाई परिबर्तन गरेर सहि बाटोमा लैजान्छ भन्ने नै यो चलचित्रको मुख्य सन्देश हो ।

“आफैले महसूस गरेर आफैबाट परिवर्तन नगर्दासम्म परिवर्तन सम्भव छैन । जव हामी आफैले परिवर्तन गर्न भित्रबाट चाहाना राख्छौ तव मात्र परिवर्तन सम्भव छ “

यस्तो खालको चलचित्र बनाउनु पर्छ भन्ने विचार कसरी आयो?

हाम्रो समाज पित्रृसतात्मक सोच भएको समाज हो । महिलाका शारिरीक र मानसिक पिडालाई मात्र एउटा यातना ठान्छौ ।

चलचित्रको पहिलो भागमा फरक फरक दुरुपयोग जस्तै वित्तीय, भावनात्मक दुरुपयोग, बच्चाहरुमा पर्ने मनोवैज्ञानिक असरका बारेमा देखाइएको थियो । नेपाली समाजले यस्ता किसिमका कुरालाई अझै पनि दुरुपयोगको रुपमा सहज रुपमा अपनाउन सकेको छैन । दोश्रो भागमा पुरुषको व्याबहारिक परिवर्तनले सम्बन्धमा कति सकारात्मक सुधारहरु ल्याउँछ भन्ने देखाउन खोजिएको छ । यसरी समयको माग अनुरुप नै यो भाग ल्याउनु परेको हो ।  

यो चलचित्र बनाउन किन जरुरी ठान्नु भयो?

समाजमा यस्ता घटनाहरु दिनप्रतिदिन घटिरहेका हुन्छन । सबैभन्दा महत्वपूर्ण कुरा यस्का लागि जनचेतना हो । दिदी-बहिनी समाजको प्राथमिकतामा महिला सशक्तिकरण र महिला सुरक्षा भएकोले त्यही अनुरुप काम गरेको छ । तदनुरुप घरेलु हिंसाको बिरोधमा जनचेतनामूलक बिभिन्न किसिमका कार्यक्रम सन्चालन गर्दै आएको छ । यो नै हाम्रो पहिलो प्राथमिकतामा पर्ने भएकोले बेलाबेलामा बिभिन्न सँस्थासँग मिलेर यस्ता कामहरु गर्दै आएका छौ ।

सबैलाई यसबारे सचेतना दिलाउन अपरिहार्य छ । बुझाएर मान्छेले बिर्सन सक्ने भएकोले पहिलो भागमा फरक फरक हिंसाहरुको सुक्ष्म प्रस्तुति  गरेका थियौ भने दोश्रो भागमा के कस्ता श्रोतहरु प्रयोग गरेर कसरी सुधार्न सकिन्छ भनेर देखाउन खोजेका हौ । यसरी चलचित्रको रुपमा हेर्दा अझ बुझ्न सजिलो हुने र प्रभावकारी पनि हुने भएकोले डिजिटल चलचित्रलाई प्राथमिकतामा राखेका हौ ।

दिदी-बहिनी समाजको प्राथमिकतामा महिला सशक्तिकरण र महिला सुरक्षा भएकोले त्यही अनुरुप काम गरेको छ । तदनुरुप घरेलु हिंसाको बिरोधमा जनचेतनामूलक बिभिन्न किसिमका कार्यक्रम सन्चालन गर्दै आएको छ ।

दिदी-बहीनी समाजभित्र एक सदस्य भएर काम गर्दै गर्दा घरेलु हिंसाका घटना कतिको आउँछन्?

यस्ता घटनाहरु प्रसस्तै मात्रामा आउँछन् । जव हामीले यो फिल्मको पहिलो भागलाई सार्वजनिक गर्यौं त अझ बढि मात्रामा दिदी-बहिनी समाज खोज्दै आउनेहरु पनि हुनुहुन्छ । यस्ता पिडितहरुको एउटा आधारबिन्दु पनि भएका छौं । महिला मात्र घरेलु हिंसाको शिकार नभएर पुरुषहरु पनि उत्तिक्कै घरेलु हिंसाका शिकार भएको घटनाहरु प्रसस्तै मात्रामा आउँछन् । यहाँ मात्रै नभएर नेपालबाट पनि पिडितहरुले गुनासो राख्ने गरेको र नेपालमा भएका बिभिन्न सँस्था मार्फत सहकार्य गर्दै ती घटनाहरुलाई नजिकबाट निहाली के कसरी मिलाउन सकिन्छ सुल्झाउने प्रयास पनि गरिरहेका हुन्छौं । आफ्नो मर्यादाभित्र रहेर भावनात्मक सहयोग दिने, रेफरल सल्लाह दिने गरेका छौं ।

सामाजिक समस्या निराकरण जटिल समस्या भएकोले यस्लाई तुरुन्तै निर्मुल पार्न नसके पनि कमसेकम पिडकहरुलाई केही सान्त्वना दिने प्रयास जारी राखिनुपर्छ

अन्त्यमा, आफ्नो थप भनाइ केही छन कि त?  

कुनै पनि नारीको समस्या या समाजमा घटेका घटनाहरु जसले कसैलाई दु:ख या मानसिक र शारीरिक यातना दिएको छ भने त्यस्तो बेलामा हामी अरुको मामिलामा किन बोल्ने भन्ने होईन कि शिक्षित नागरिकको हैसियतमा कसैलाई अन्याय हुनबाट बचाउनु मेरो एउटा दायित्व हो भनेर दायित्वबोधका साथ अगाडि बढ्न चुक्नु हुन्न । सामाजिक समस्या निराकरण जटिल समस्या भएकोले यस्लाई तुरुन्तै निर्मुल पार्न नसके पनि कमसेकम पिडकहरुलाई केही सान्त्वना दिने प्रयास जारी राखिनुपर्छ ।  पिडकहरुलाई शिक्षा दिने र सम्बन्धित संस्था र निकायमा कसरी रिफरल गर्ने भनेर बाटो देखाउनु पनि हाम्रो कर्तव्य हो । यसमा हामी सबै मिलेर सहकार्य गर्नुपर्छ । यसबाट बिशेष गरी पिडित व्यक्तिहरुको लागि धेरै ठूलो रहत मिल्छ ।

नोटः हामी अर्को भागमा यस लघु चलचीत्रका नायक एवम् समाजसेवी ज्ञानेन्द्र उप्रेतीसँगको अन्तर्वार्ता प्रस्तुत गर्नेछौ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349