लुटको सिक्वेल लुट -२को पहिलो शो मेल्बोर्नमा यहि आईतबार प्रदर्शन हुँदैछ।पहिलो शोको टिकट केही हप्ता अगाडीनै शोल्ड आउट भई सकेको छ भने यसका अतिरिक्त शोहरु पनि लाग्ने नेप्ले ईभेन्ट्सले जनाएको छ।अहिले धेरै जसो नेपाली चलचीत्रलाई मन पराउने दर्शकको चासोको बिषयनै यस चलचीत्रको वरीपरि रहेको छ।निकैनै आशा गरिएका अहिलेका चर्चीत निर्देशक निस्चल बस्नेतको निर्देशनमा बनेको यस चलचीत्रले के उ प्रती दर्शकले राखेको आशा र भरोषालाई जिवतै राख्न सक्छन्,यो भोली सिनेमा हेरे पछि थाहा भईनै हाल्छ।
यस चलचीत्रको सङ्गीत र ट्रेलरलाई दर्शकले मन पराईसकेका छन्! लुट २को ठमेल बजारमा बोलको गीत एक करोड चोटी युट्युबमा हेरी सकिएको छ।यस अघि नेपाली चलचीत्रको धारनै परिबर्तन गरेको लुटले पनि दर्शकको मन जितेको थियो।
प्राय पुरानानै कलाकार रहेका प्रिन्सेस मुभिज र ब्ल्याक हर्स पिक्चर्स प्रोडक्सनमा पोपकर्न पिक्चर्सको प्रस्तुति रहेको चलचित्र लुट २ मा सौगात मल्ल , दयाहाङ राई , कर्मा , ऋचा शर्मा , बिपिन कार्की , कामेश्वर चौरासिया , सृजना सुब्बा , सुशील राज पाण्डे , सुशील उप्रेती , एलिशा राई लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रमा रेनेसा बान्तवा राई र विक्रम स्वाँरको नृत्य निर्देशन छ भने काली प्रसाद बास्कोटा , हर्कुलेस बस्नेत , रोशन थापा र सुरज शाही ठकुरीको संगीत रहेको छ । चलचित्रलाई माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् भने लेखन तथा निर्देशन निश्चल बस्नेतले गरेका छन् ।
मेल्बोर्नको चाईना टाउन सिनेमा हलमा २६ फ्रेबुअरी आईतबार साँझ ७:३०मा पहिलो शो अनि २७ फ्रेबुअरी सोमबार एउटै समयमा दोस्रो शो लाग्दैछ।यसको अलाबा थप शोहरु पनि लाग्ने नेप्ले ईभेन्टसका सन्जय कुमार साहले बताउनु भएको छ।