eNepal

आइपिएल स्थगित भएसंगै अष्ट्रेलियाका खेलाडी समस्यामा

एजेन्सी – कोरोना भाइरस(कोभिड-१९)का कारण इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ स्थगित भएको छ।

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा अनिश्चितकालको लागि स्थगित भएसँगै अष्ट्रेलिया खेलाडी, प्रशिक्षक, कमेन्टेर र अफिसल समस्यामा परेका छन् । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि मध्य सिजनमा मंगलबार आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको हो।

चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादका टोलीका सदस्यलाई कोरोना देखिएपछि आइपिएल स्थगित भएको हो । अष्ट्रेलिया खेलाडी ठूलो समस्यामा परेका छन् । आइपिएल स्थगित भएसँगै विदेशी खेलाडी स्वदेश फर्कनु पर्ने हुन्छ । तर अष्ट्रेलिया सरकारले भारतबाट आउने आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको छ ।

त्यस्तै अष्ट्रेलियाले आगमी मे १५ सम्म भारतबाट आउने सम्पूर्ण उडान बन्द गरेको छ । भारतबाट फर्किने आफ्ना नागरिकलाई ५ वर्ष जेल हुने अष्ट्रेलिया सरकारले चेतावनी दिइसकेको छ । यो अवस्थामा अष्ट्रेलिया खेलाडी ठूलो समस्यामा पर्ने छन् । अष्ट्रेलियाले भारतसँगको उडान सबैमा रोक लगाएको छ । इंग्ल्यान्डले भने अनुमति दिएको छ । तर १० दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ । जस अवधिमा हरेकले दुई पटक कोरोना परिक्षण गर्नुपर्ने हुन्छ ।

न्युजिल्यान्डले पनि आफ्नो नागरिकलाई आवागमनको अनुमति दिएको छ । तर १४ दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ । दक्षिण अफ्रिकाले सबैलाई अनुमति दिएको छ । बंगलादेशले १४ दिन क्वारेनटाइनमा बस्नुपर्ने जनाएको छ । आइपिएलमा अष्ट्रेलियाका १४ खेलाडीसहित कुल २४ जना छन् । दुई साताअघि नै रोयल च्यालेन्जर्स बेंगलोरका स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर केन रिचर्ड्सन र राजस्थान रोयल्सका एन्ड्र्यू टाई अष्ट्रेलिया फर्किएका थिए ।

त्यसैगरी यसै हप्ता मुम्बईका खेलाडी क्रिस लिनले आफूलाई प्लेन चार्टर उडान आफूलाई लैजान माग गरेका थिए । अष्ट्रेलिया क्रिकेटले यस सम्बन्धी कुनै योजना नभएको जनाएको थियो । अब आइपिएल स्थगित भएसँगै अष्ट्रेलिया खेलाडी अस्थायी रुपमा माल्दिभ्स जाने सम्भावना छ । त्यहाँ अस्थायी रुपमा बसेपछि अष्ट्रेलिया फर्किन सक्छन् ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349