नेपाली सेनाका हालसम्म ५ हजार ३ सय १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने संक्रमित तीन जनाको मृत्यु भएको छ ।
निको हुनेको सङ्ख्या पाँच हजार २ सय १ रहेको छ । सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभएको छ।