भ्वाइस अफ नेपाल पहिलो संस्करणबाट एकाएक चर्चामा आएका गायक कुशल आचार्यको स्वरमा ‘हावा सरर’ सार्वजनिक भएको छ। गायक आचार्यकै शब्द र संगीत रहेको गीतको भिडियो अस्ट्रेलियाको मेल्बर्नमा सुटिङ गरिएको हो भने भिडियोको निर्देशन मेल्बर्न निवासी सुनोद श्रेष्ठले गरेका हुन्।
भिडियोमा रेसा सापकोटा, रोजिना उदास र इश्वर पोखरेलले अभिनय गरेका छन् भने गायक आचार्य र निर्देशक श्रेष्ठलाई पनि भिडियोमा देख्न सकिन्छ। सुनेश श्रेष्ठले भिडियो छायांकन गरेका हुन् भने भिएफएक्स तथा कलरको काम प्रविण श्रेष्ठले गरेका हुन् ।
कुशल ‘द भ्वइस अफ नेपाल सिजन– १’ को फाइनलसम्म पुगेका प्रतियोगी हुन् । भोटिङका आधारमा विजयी छनोट हुने उक्त प्रतियोगिता उनी उपाधि जित्नबाट चुकेका थिए । उनै कुशलको स्वरमा रेकर्ड भएको यो नै पहिलो गीत हो ।
निर्देशक सुनोद श्रेष्ठ पनि यस क्षेत्रमा लागेको धेरै भयो। उनी मोडलीङकी साथै अभिनयमा पनि उत्तीकै पोख्त छन्। उनका रचाइएका म्युजिक भिडीयोहरुमा सात समुद्रपारि, बिर्सन सक्दिनँ, तिमी र म पर्छन् भने अस्ट्रेलियन टेलिभिजन च्यानल सेभनबाट प्रसारण हुने विनर एण्ड लुजरको संस्करणमा समेत अभिनय गरिसकेका छन् ।