हिन्दु धर्मावलम्बीहरुको महान पर्व शिव रात्री आज मगवान शिवको पुजा आरधना गर्दै मनाईदै छ।फागुन कृष्ण चतुर्दर्सी यानिकी चन्द्रमासको चौथो दिन अर्थात नयाँ चन्द्रमा उदाउनु पुर्वको रातलाई शिवरात्री मानिन्छ।
नेपालीहरुको पात्रोमा हरेक दिन जसो कुनै न कुनै चाड वा पर्व रहेको हुन्छ तर शिव रात्रीलाई हिन्दुहरुले बिशेष महत्वका रुपमा लिने गरेका छन्।
शिव रात्रीको रात वैज्ञानिक अनि अध्यात्मीक रुपमा बिशेष मान्ने लिने गरिन्छ।यसै रात पृथ्वीका जिवहरुको शक्ती र गुरुत्वार्कषणको असाधारण भाव रहने कारणले मानिसहरुलाई आफ्नो शरिरमा अध्यात्मिक शक्तिलाई बहन गर्नको निम्ती रातभर जागराम बसेर यो पर्व मनाईने चलन चलि आएको छ।
आज पाशुपत लगायत बिभीन्न शिवका शक्तिपीठहरुमा बिषेश मेला लाग्ने गर्दछ।आजकै दिनलाई लक्ष्क्षित गरेर भारतबाट पशुपतीको दर्शनका लागि साधुहरुको व्यापक उपस्थिती रहने गर्दछ।हावा, पानी, आकाश, आगो र माटो जस्ता पन्च तत्वले बनेको ब्रामण्डको एउटै श्रोत भगवान शिवलाई मान्ने चलन चलि आएको छ।